७ सहकारी संस्था र १ संघ देशकै उत्कृष्ट !

काठमाडौं । राष्ट्रिय सहकारी संघले ९५ औं अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा देशभरिको एक उत्कृष्ट सहकारी संघ र ७ वटा उत्कृष्ट सहकारी व्यवसाय संस्थालाई पुरस्कार प्रदान गरेको छ ।
उत्कृष्ट सहकारी पुरस्कारबाट ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ पुरस्कृत भएको हो । त्यसैगरी उत्कृष्ट सहकारी व्यवसाय पुरस्कारबाट झापको महारानी झोडासाना किसान कृषि सहकारी संस्था, सर्लाहीको सगुन साकोस, चितवनको नन्दिनी दुग्ध उत्पादक सहकारी संस्था, नवलपरासीको नवप्रगति साकोस, रुपन्देहीको प्रगतिशिल महिला विकास बहुउद्देश्यीय सहकारी, दैलेखको गोठपाँडा कृषक सहकारी र दार्चुलाको श्री केदारनाथ साको पुरस्कोत भएको हो ।
त्यसैगरि सहकारी संघहरुको सुदृढीकरण तथा पुनउत्थान कार्यक्रम अन्तर्गत एनसीएफले १० वटा संघलाई कम्प्युटर प्रदान गरेको छ । जसमा केन्द्रिय सुपारी सहकारी संघ, गुल्मी र दैलेख, रामेछापको जिल्ला सहकारी संघ छन् । त्यसैगरि सुनसरी बहुउद्देश्यीय सहकारी संघ, तनहुँको जिल्ला दुग्ध उत्पादक सहकारी संघले पनि उपकरण प्राप्त गरे । त्यसैगरि धनुषा, दाङ्ग, मकवानपुर र लम्जुङ्गको जिल्ला बचत तथा ऋण सहकारी संघले पनि सो कार्यक्रम अन्तर्गत कम्प्युटर प्राप्त गरे ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
