बचत कहाँ गर्ने ? सहकारी वा बैंक तथा वित्तीय संस्थामा ?
भविष्यको उपयोगका लागि वर्तमानको आम्दानीको केही अंश छुट्याएर राखिएको पैसा अर्थात् खर्च नगरी बचाएर राखिएको पैसालाई बचत भनिन्छ । हातमा पैसा रहेमा खर्च हुन सक्ने सम्भावना रहन्छ । यसबाट बच्न बैंक तथा वित्तीय संस्थामा खाता खोलेर राख्ने गरिन्छ । यस्तो पैसालाई बचत भनिन्छ । हुन त बचत घरमा पनि गर्न सकिन्छ । तर पनि, बचत भन्नाले बैंक तथा वित्तीय संस्थामा जम्मा गरिएको रकम भन्ने बुझिन्छ । यो एक किसिमको सम्पत्ति जोड्ने वा जम्मा गर्ने तरिका हो ।
बचत किन गरिन्छ ?
बचत मूलतः व्यक्तिगत आर्थिक व्यवहारका लागि गरिन्छ । मानिसको जीविका चलाउने क्रममा विभिन्न आर्थिक व्यवहार गर्नु पर्ने हुन्छ । जस्तै पुँजी निर्माण, सम्पत्ति खरिद, लगानी, दैनिक व्यवहारका खर्च, आपतकालीन खर्च, पुरानो कर्जा भुक्तानी आदिका लागि बचत गरिन्छ । यसका साथै सामाजिक व्यवहारका लागि पनि बचत गरिन्छ । जस्तै विवाह, ब्रतवन्ध, मृत्यु संस्कार, शिक्षा दीक्षा, तीर्थाटन÷भ्रमण, स्वास्थ उपचार आदि कार्यका लागि बचत गर्ने गरिन्छ ।
बैंकमा बचत गर्दा हुने फाइदा
तपाईँ हाम्रो खल्तीमा भएको पैसा खल्तीमै रहन्छ । यदि यो पैसा बैंकमा गयो भने पेसा वा व्यवसाय गर्न आवश्यक पर्ने व्यक्तिले सो पैसा कर्जाका रूपमा लैजान्छ र उसले उत्पादनशील क्षेत्रमा लगानी गर्दछ । यसले उसको आर्थिक उन्नति पनि हुन्छ र बचतकर्तालाई व्याज पनि प्राप्त हुने हुँदा दोहोरो फाइदा हुन्छ । यसका साथै आर्थिक विकासका लागि लगानी गर्नु पर्दछ । लगानीका लागि ठूलो पूँजीको आवश्यकता पर्दछ । तपाईँ हाम्रो स–सानो बचतले पनि बैंकमा ठूलो पूँजी जुट्न जान्छ र लगानीयोग्य पूँजी निर्माण हुन्छ । यसैले तपाईँ हाम्रो बचत भनेको पूँजी निर्माणको आधार हो र सो पुँजीको लगानी मार्फत्देश विकासमा योगदान गर्नु पनि हो ।
बचत कसरी गर्ने ?
आम्दानी भन्दा खर्च कम गरेर,
अनावश्यक खालका खर्चमा कटौती गरेर,
दैनिक/साप्ताहिक/मासिक/वार्षिक रूपमा केही न केही बचाएर ।
बचत कहाँ गर्ने ?
औपचारिक बैंक वित्तीय संस्थामा बचत : केन्द्रीय बैंकबाट वित्तीय कारोबार गर्ने इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाहरूमा बचत खाता खोली बचत गरेर । अर्ध–औपचारिक वित्तीय संस्थामा बचत : सहकारी, आमा समूह, वन समूह, उपभोक्ता समूह आदिमा सदस्य भई नियमित बचत गरेर ।
अनौपचारिक निकायमा बचत : साहु महाजन, ढुकुटी, साथीभाइ, इष्टमित्र, घरमै बाकस वा दराजमा राख्ने, सुन चाँदी, गरगहना आदिमा लगानी गरेर । यस्तो बचत फिर्ता हुने कानूनी आधार नहुने हुँदा बढी जोखिमयुक्त मानिन्छ ।
खुत्रुके बचत : सानो काठको, फलामको वा माटोको भाँडोमा घरमै सानो सानो रकम जम्मा गरेर ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय
११ जेष्ठ २०८३, सोमबार
नवजीवन सहकारीको अध्यक्षमा गोपालराज पाठक विजयी
११ जेष्ठ २०८३, सोमबार
राष्ट्रिय सहकारी बैंकद्वारा दुवै समितिको निर्वाचन परिणाम घोषणा, यस्तो बन्यो नयाँ टीम
१० जेष्ठ २०८३, आईतवार