२२ कात्तिक २०८३, आईतवार

सहकारीको सुदृढिकरणका लागि सम्पत्ती शुद्धिकरण तालिम

२०७४ जेठ २०, शनिवार
सहकारीको सुदृढिकरणका लागि सम्पत्ती शुद्धिकरण तालिम

Talim

काठमाडौं । सहकारी विभागको सहयोगमा राष्ट्रिय सहकारी संघ लि. नेपालले सहकारी क्षेत्रको सुदृढीकरणका लागि सम्पत्ती शुद्धिकरण तथा सहकारी तथा गरिवी निवारण सूचना प्रणाली (कोपामिस) विषयक तीन दिने तालिम शनिवाबारबाट शुरु गरेको छ ।

सोमबारसम्म संचालन हुने सो तालिममा काठमाडौं, भक्तपुर, ललिलतुर र मध्यपुश्चिमका जिल्लाहरुका सहकारी संघ/संस्थाका करिब ५५ जनाको सहभागीता रहेको छ । तालिमको उद्घाटन राष्ट्रिय सहकारी संघ लि. नेपालका संचालक तथा शिक्षा उपसमितिका संयोजक माधव दुलालले गर्नुभएको थियो । उहाँले सहकारी क्षेत्रको सुदृढिकरणका लागि सम्पत्ती शुद्धिकरण अभिमुखिकरण तालिम संचालन गरिएको बताउनुभयो । शुद्ध धनलाई मात्र सहकारीमा प्रोत्साहन गर्ने उद्देश्यले तालिम संचालन भएको समेत जानकारी दिनुभएको थियो ।
उद्घाटन सत्रमा संघका लेखा समिति सदस्य उमेश महासेठले तालिमपछि सहकारी संघ÷सस्थाले कारोबारको प्रतिवेदन, अभिलेख व्यवस्थापन गर्ने विषयमा थप जानकारी प्राप्त गर्ने बताउनुभयो । संघका महाप्रबन्धक रामभजन शाहले तालिमको औचित्यमाथि प्रकाश पार्नुभएको थियो । तालिममा सम्पत्ती शुद्धिकरण सम्बन्धी शब्दाली र सूचक संस्थाको दायित्वसम्बन्धी विषयमा सहकारी विभागका उपरजिष्ट्रार नारायाण् प्रसाद अर्यालले प्रकाश पार्नुभएको थियो । त्यसैगरि उपरजिष्ट्रार नारायाण प्रसाद ज्ञवालीलले सदस्य तथा वास्तविक भनीको पहिचान र जोखिम मुल्यांकन विषयमा प्रस्तुती गर्नुभएको थियो ।

तालिममा सम्पत्ती शुद्धिकरण विभागले सम्पत्ती शुद्धिकरण तथा आतङवादी क्रियाकलापमा वित्तीय लानी, कसुर र दण्डसजायको विषयमा प्रस्तुत गर्ने कार्यक्रम छ । त्यसैगरि नेपाल राष्ट्र बैंककातर्फबाट कारोबारको प्रतिवेदन, अभिलेख व्यवस्था र वित्तीय जानकारी इकाइबाट जानरी निर्देशनहरुको विषयमा प्रष्ट पार्ने कार्यत्रमm छ । त्यसैगरि सहकारी तथा गरिवी निवारण मन्त्रालयका सह सचिव सुरेश प्रधान, रघुराम विष्ट, राजन दाहाल, सहकारी विभागका हरि पौडेलले प्रशिक्षण दिने कार्यक्रम रहेको संघले जनाएकोछ । सम्पत्ती शुद्धिकरण तथा सहकारी तथा गरिवी निवारण सूचना प्रणालीको विषयमा अन्य तालिमहरुसमेत संचालन गर्ने कार्यक्रम रहेको संघका महाप्रबन्धक रामभजन शाहले बताउनुभयो ।

अभिलेख

लोकप्रिय