सहकारी बैंक र क्लियरिङ्ग हाउस बीच विद्युतीय भुक्तानी प्रणाली सम्बन्धी सम्झौता
काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस र राष्ट्रिय सहकारी बैंक बीच विद्युतीय भुक्तानी प्रणाली सम्बन्धी सम्झौता भएको छ ।
सम्झौता पत्रमा नेपाल क्लियरिङ्ग हाउसका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधान र राष्ट्रिय सहकारी बैंकका प्रबन्ध निर्देशक केबी उपे्रतीले हस्ताक्षर गरे ।
सहकारी बैंकबाट प्रविष्ट गराइएका सम्पूर्ण कारोबारहरु बैंक अफ काठमाडौं लुम्बिनी मार्फत राफसाफ हुने व्यवस्था मिलाइएको छ ।
राष्ट्रिय सहकारी बैंकबाट प्रणालीमा आवद्ध सदस्य बैंक तथा वित्तीय संस्थाहरुमा खाता भएका सदस्य सहकारी संस्थाहरुबाट सोझै भुक्तानी संकलन तथा भुक्तानी सजिलै गर्न सकिने छ ।
यस अघि नगद र चेकबाट हुँदै आएका कारोबारहरु समेत उक्त प्रणाली मार्फत हुने हुँदा कारोबार पारदर्शी हुने, सहजता बढ्ने र जोखिम न्यूनिकरण हुने विश्वास (एनसीएचएल)ले लिएको छ ।
एनसीएचएल प्रणालीमा हाल सम्म ७३ बैंक तथा वित्तीय संस्थाहरुसंग प्रत्यक्ष सदस्यको रुपमा र ५ अन्य कम्पनीहरुसँग अप्रत्यक्ष सदस्यको रुपमा सम्झौता गरिसकेका छन् ।
ग्राहकको रकम स्थानान्तरण, डिभिडेन्ट पेमेन्ट, आइपीओ रिफन्ड, फि तथा बिल भुक्तानी, प्रीमियम भुक्तानी, सरकारी भुक्तानी, ट्रेजरी भुक्तानी, तलब भुक्तानी, रेमिटेन्स भुक्तानी, ईन्स्टलमेन्ट भुक्तानी, क्रेडिट कार्डको भुक्तानी यस प्रणालीबाट हुँदै आएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
