२२ कात्तिक २०८३, आईतवार

नेपाली काँग्रेसको घोषणापत्रमा ‘सहकारी क्षेत्र’

२०७४ वैशाख १८, सोमबार
नेपाली काँग्रेसको घोषणापत्रमा ‘सहकारी क्षेत्र’

सहकारी क्षेत्र एवं वित्तीय पहुँच

gongress
१) नेपाली कांग्रेसको नेतृत्वमा स्थानीय सरकारलेसहकारी संस्था र आन्दोलनलाई लोकतान्त्रिक अभ्यास, आर्थिक समृद्धि र गरिवी निवारणको माध्यमको रुपमा विकास गर्नेछ ।

२) उत्पादन वृद्धि, उत्पादनको प्रशोधन तथा बजारीकरण, ग्रामीण वचत परिचालन तथा कर्जा प्रवाहमा सहकारीकोभूमिका बढाइनेछ । माछा, फलफूल, चिया, कफी, मह, दुध, अलैँची, अदुवा, मासु आदि उत्पादनका लागि किसानहरुकै सहकारी स्वामित्वमा रहनेप्रशोधन केन्द्रहरु स्थापना गर्नसरकारलेपूँजीगत अनुदान दिनेछ । सहकारी मार्फतकोअनुदान उत्पादनका आधारमा दिइनेछ ।

३) तरकारी, फलफूल तथा पशुधनको थोक बजार संचालन गर्न प्रत्येक गाउँ÷नगरपालिका क्षेत्रमा कृषि बजार पूर्वाधार निर्माण गरिनेछ । कृषकहरुको उत्पादनलाई सहज ढंगलेबजार व्यवस्था गर्न एक वार्डएक हाट बजार योजना संचालन गरिनेछ ।

४) नेपालका बहुसंख्यक नागरिक अझैपनि औपचारिक बैंकिङ सञ्जाल भन्दा बाहिर छन्। सबैकोपहुँचमा वित्तीय सेवा भन्नेनारालाई सार्थक बनाउन ठूला वित्तीय संस्थाहरुलाईअविलम्व सेवा विस्तार गर्नप्रोत्साहन दिइनेछ । गाउँपालिकाका प्रत्येक वडाहरुमा वैंकिङ्ग सेवा सुविधा पु¥याइनेछ । १६ वर्षनाघेका सबैनागरिकहरुकोवैंक खाता खोल्नेव्यवस्था गरिनेछ ।

५) राष्ट्रिय ग्रिडबाट बिजुली बाल्न नपाएका ग्रामीण क्षेत्रहरुमा समुदायमा आधारित विद्युत् वितरण कार्यलाई व्यवस्थित बनाउँदै उपभोक्ता समूह र सहकारीलाई स्थानीय तहमा विद्युत्वितरण लाइन निर्माण गर्न पूँजीगत अनुदान सहयोग गर्ने नीति पनि कांग्रेसले लिनेछ ।

अभिलेख

लोकप्रिय