२२ कात्तिक २०८३, आईतवार

एमालेको घोषणापत्रः ‘गाउँ गाउँमा सहकारी, घर घरमा रोजगारी

२०७४ वैशाख १८, सोमबार
एमालेको घोषणापत्रः ‘गाउँ गाउँमा सहकारी, घर घरमा रोजगारी

????????????????????????????????????

घोषणापत्रः

१) संविधानले व्यवस्था गरेको तीन खम्बे अर्थनीति अनुरुप सहकारी क्षेत्र लाई आर्थिक समृद्धि, जनताको जीवनस्तर वृद्धि, कृषिको व्यवसायिकरण र रोजगारी अभिवृद्धिको माध्यमका रूपमा अगाडि बढाइने छ ।

२) नेकपा (एमाले) को सरकार बनेको तीन बर्षमै ‘एक घरः एक रोजगारी’ सुनिश्चित गरिने छ । १० बर्षभित्रमा १८ बर्ष पुगेका प्रत्येक नागरिकले रोजगारी पाउने गरी कार्ययोजना सुरु गरिनेछ । प्रत्येक गाउँ÷नगरपालिकामा कृषि, पशुपंछी पालन, फोहरमैला व्यवस्थापन, जैविक उर्जा, घरेलु, लघु र मझौला उद्योगहरू, शीत भण्डारहरू सञ्चालनका माध्यमबाट ठूलो मात्रामा रोजगारी एवम् स्वरोजगारी सिर्जना गरिने छ ।

३) देशका सबै गाउँ र शहरका सबै टोलहरूमा रहेका बेरोजगार व्यक्तिहरूलाई उत्पादक सहकारीमा आबद्ध गरी स्वरोजगारमूलक व्यवसाय सञ्चालन गर्न प्रेरित गरिने छ ।

४) सहकारीहरूले सञ्चालन गर्ने व्यवसायहरूका लागि तोकिएको मापदण्डको आधारमा अनुदान दिइनेछ । उत्पादक सहकारीले स्वरोजगार कार्यक्रमअन्तर्गत सञ्चालन गर्ने कृषि, पशुपन्छी पालन, घरेलु तथा कुटी र उद्योग, कारिगढी र सीप अभिबृद्धिका कार्यक्रम सञ्चालन गर्न राज्यबाट विशेष वित्तीय व्यवस्था सञ्चालन गरिने छ । सबै सहकारीहरूको बीमा व्यवस्था गरिने छ ।

५) सहकारीले आपसमा साझेदारी गरी खोल्ने शीतभण्डार निर्माण गर्दा सरकारले विशेष अनुदान प्रदान गर्नेछ । सहकारीहरूबाट उत्पादित वस्तुले बजार प्राप्त नगरेको अवस्थामा समेत सरकारले खरिद गर्नेछ र जैविक ऊर्जा विद्युत् उत्पादनमा प्रयोग गर्नेछ ।

६) आम जनता, पार्टी कमिटी, कार्यकर्ता र जनवर्गीय संगठनहरूलाई उत्पादन सहकारीमा संलग्न हुन र मुलुकको आर्थिक विकासमा योगदान गर्न प्रोत्साहन गरिने छ ।

अभिलेख

लोकप्रिय