सदस्यको गुनासो र प्रश्न: सिमल साकोसको जवाफ !
चित्तपोल (भक्तपुर) । सिमल बचत तथा ऋण सहकारी शिक्षा उपसमितिको आयोजनामा गत शनिबार सहकारी सम्बन्धि जनचेतना दिने अभिप्रायले १ दिने सहकारी शिक्षा गोष्ठि सम्पन्न भएको छ । संस्थाको सदस्यको उपस्थितिमा भएको कार्यक्रममा संस्थाको परिचय, संस्थाले प्रदान गर्दै आएको सेवा सुविधा र हालसम्मको प्रगति विवरणबारे संस्थाका सचिव पुष्कर देउजाले प्रस्तुत गर्नुभएको थियो ।
भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघका व्यवस्थापक बालकृष्ण धोजूले सहकारीको परिभाषा, सिद्धान्त,मूल्य मान्यता र सहकारीमा सदस्यले नियमित बचत गर्नुपर्ने आदिको प्रशिक्षण दिई संस्था प्रति सदस्यको भूमिका र दायित्वबारे प्रस्तुत गर्नुभएको थियो । शिक्षा शिविर कार्यक्रममा सानो सानो रकम लामो समयसम्म बचत गरि आफ्नो पूँजीगत क्षमता बढाउन सदस्यहरुलाई अनुरोध गर्दै आफ्नो संस्थाको दिनप्रति दिन कुन अवस्थामा अगाडि बढिरहेको भनि सदस्य आफैले अनुगमन गर्नुपर्ने कुरा बताउनु भएको थियो ।
कार्यक्रममा सदस्यको गुनासो र उठेका प्रश्नको जवाफ दिई संस्थाको अध्यक्ष लक्ष्मी भक्त खाताखो आफ्ना मन्तव्य दिनुभएको थियो । शिक्षा उपसमतिका संयोजक अनिल श्रेष्ठले शिक्षा शिविर समयसमय गरिने कार्यक्रममा सदस्यहरुलाई उपस्थिति गराउनुपर्ने र हरेक शिक्षा शिविर कार्यक्रममा उपस्थिति हुनुपर्ने बताउनु भयो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
