२२ कात्तिक २०८३, आईतवार

२१ जनालाई ऋण व्यवस्थापन तालिम

२०७४ वैशाख १०, आईतवार
२१ जनालाई ऋण व्यवस्थापन तालिम

nef

काठमाडौं । नेफस्कून तालिम केन्द्रको आयोजनामा सञ्चालित त्रि दिवसीय ऋण व्यवस्थापन तालिम बैशाख ७ गते सम्पन्न भएको छ । बैशाख ५ देखि ७ गतेसम्म सञ्चालनमा रहेको उक्त तालिम कार्यक्रमको उद्देश्य साकोस सञ्चालक, समितिमा पदाधिकारी र व्यवस्थापन पक्षको क्षमता विकास रहेको थियो ।

तालिम कार्यक्रमको समापनमा बोल्दै नेफ्स्कूनका अध्यक्ष डी।बी। बस्नेतले तालिममा सिकेका कुरा आफ्ना सस्ंथामा गएर लागु गर्न र संस्थाको दीगो विकासका निमित्त उपयोग गर्न तालिमका सहभागीहरुलाई आग्रह गरेका थिए ।

कार्यक्रममा १७ वटा बचत तथा ऋण सहकारी संस्थाबाट ६ जना महिला र १५ जना पुरुष सहित २१ जनाको सहभागिता रहेको थियो । तालिममा साकोसमा ऋण लगानी गर्दा ध्यानदिनुपर्नै कुराहरु, ऋण उपसमितिको काम कर्तव्य, ऋण निति तथा ऋण विश्लेषण जस्ता विभिन्न विषयवस्तुमाथि व्यावहारिक ज्ञान प्रदान गरिएको थियो ।

तालिमको सहजीकरण नेफ्स्कूनका तालिम अधिकृत कृष्ण आचार्य र विभागिय प्रमुख सजंय राज तिमिल्सिनाले गरेका थिए ।

अभिलेख

लोकप्रिय