२२ कात्तिक २०८३, आईतवार

पम्फा राईलाई ‘पाँचतारा राष्ट्रिय सहकारी व्यक्तित्व सम्मान’

२०७४ वैशाख ४, सोमबार
पम्फा राईलाई ‘पाँचतारा राष्ट्रिय सहकारी व्यक्तित्व सम्मान’

five_star_cooperative

काठमाडौं  । हरेक बर्ष नयाँ बर्षको दिन सहकारी क्षेत्रमा उल्लेखनीय योगदान दिनेहरुलाई सम्मान गर्दै आएको पेस्सिकोलास्थित पाँचतारा बचत तथा ऋण सहकारी संस्थाले यस बर्षको ‘पाँचतारा राष्ट्रिय सहकारी व्यक्तित्व सम्मान’ पम्फा राईलाई प्रदान गरेको छ ।

शुक्रबार आयोजित संस्थाको नवौं बार्षिकोत्सवमा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघकी संस्थापक महासचिव एवं अन्नपूर्ण महिला बचत तथा ऋण सहकारी संस्था, काठमाडौंकी अध्यक्ष राईलाई सम्मान गरेको हो ।

संघले विगतमा सहकारी क्षेत्रका अगुवाहरु दीपक बास्कोटा, सरोज शर्मा, ऋषिराज घिमिरेसहित आठ जनालाई सम्मान गरिसकेको छ । पूर्वउपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीले राईलाई पुरस्कार प्रदान गरेका थिए ।

संस्थाले गएको पुससम्म एक करोड २० लाख रुपियाँ मुनाफा हासिल गरेको छ ।  दुई हजार पाँचसय सदस्य रहेको यस सहकारीको पुँजी पाँच करोड चार लाख, बचत ३६ करोड र जगेडा कोषमा छ करोड रुपियाँ रहेको जनाइएको छ ।

अभिलेख

लोकप्रिय