पम्फा राईलाई ‘पाँचतारा राष्ट्रिय सहकारी व्यक्तित्व सम्मान’

काठमाडौं । हरेक बर्ष नयाँ बर्षको दिन सहकारी क्षेत्रमा उल्लेखनीय योगदान दिनेहरुलाई सम्मान गर्दै आएको पेस्सिकोलास्थित पाँचतारा बचत तथा ऋण सहकारी संस्थाले यस बर्षको ‘पाँचतारा राष्ट्रिय सहकारी व्यक्तित्व सम्मान’ पम्फा राईलाई प्रदान गरेको छ ।
शुक्रबार आयोजित संस्थाको नवौं बार्षिकोत्सवमा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघकी संस्थापक महासचिव एवं अन्नपूर्ण महिला बचत तथा ऋण सहकारी संस्था, काठमाडौंकी अध्यक्ष राईलाई सम्मान गरेको हो ।
संघले विगतमा सहकारी क्षेत्रका अगुवाहरु दीपक बास्कोटा, सरोज शर्मा, ऋषिराज घिमिरेसहित आठ जनालाई सम्मान गरिसकेको छ । पूर्वउपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीले राईलाई पुरस्कार प्रदान गरेका थिए ।
संस्थाले गएको पुससम्म एक करोड २० लाख रुपियाँ मुनाफा हासिल गरेको छ । दुई हजार पाँचसय सदस्य रहेको यस सहकारीको पुँजी पाँच करोड चार लाख, बचत ३६ करोड र जगेडा कोषमा छ करोड रुपियाँ रहेको जनाइएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
