सहकारी दिवसमा बिन्धवासिनी साकोसद्वारा विविध कार्यक्रम

बनेपा । विन्धवासिनी बचत तथा ऋण सहकारीले चैत २३ गते ६० औं राष्ट्रिय सहकारी दिवसको अवसरमा सहकारी एकिकरण गोष्ठी सम्पन्न गरेको छ ।
संस्थाका अध्यक्ष प्रदिप थापाको सभापतित्वमा नेफ्स्कुनका निवर्तमान अध्यक्ष तथा एशियाली ऋण महासंघका प्रथम उपाध्यक्ष ऋषिराम घिमिरेको प्रमुख आतिथ्यता र डिभिजन सहकारी कार्यालयका सहकारी निरीक्षक देव वहादुर वस्नेत, काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष रामहरि के.सी, काभ्रे जिल्ला बहुउद्देश्यीय सहकारी संघका उपाध्यक्ष कृष्ण भक्त थापा, जिल्ला सहकारी संघ लि.का उपाध्यक्ष रामचन्द्र भट्टराईको आतिथ्यतामा विभिन्न सहकारी संस्थाहरुका संंचालक समिति, उप–समिति तथा व्यवस्थापकको सहभागितामा गोष्ठी सम्पन्न गरेके हो ।
कार्यक्रममा संस्था एकिकरणका महत्व, समस्या, एकिकरणका चुनौती, एकिकरण गर्दा अवलम्बन गर्नु पर्ने रणनीति सम्वन्धि कार्यपत्र नेफ्स्कुनका निवर्तमान अध्यक्ष तथा एशियाली ऋण महासंघका प्रथम उपाध्यक्ष ऋषिराम घिमिरले प्रस्तुत गरेका थिए । कार्यक्रममा ३७ वटा सहकारीका ७९ जना सहकारीकर्मीहरुको उपस्थिति रहका थिए भने सामुदायिक साकोस पनौती, ज्योति मिर्मिरे सामुहिक साकोस पनौती, नवदुर्गा साकोस पनौती, बुडोल सामुदायिक साकोस बनेपा र पिपुल्स साकोस बनेपाले एकिकरण सम्बन्धी अनुभवसमेत आदनप्रदान गरिएको थियो ।
साथै संस्थाले सहकारी दिवसको अवसरमा संस्थाले चैत्र १९ गते साँगा र चैत्र २३ गते पाँचखालमा नयाँ सदस्यहरुलाई सदस्य शिक्षा तालिम, चैत्र २२ गते ३५ जना महिला पदाधिकारी तथा शेयर सदस्यहरुलाई महिला हिंसा तथा कानूनी साक्षरता कार्यक्रम, चैत्र २४ गते ३० जना कर्मचारी तथा पदाधिकारीहरुको लघुवित्त समुह अध्ययन अवलोकन तथा लघुवित्त अनुशिक्षण कार्यक्रम र चैत्र १८ गते लघुवित्त समुह बैठक व्यवस्थापन तालिम आदि कार्यक्रम सम्पन्न गरी ६०औं राष्ट्रिय सहकारी दिवस भव्यताका साथ मनाएको प्रमुख व्यवस्थापक के.बि.लामा स्याङ्तान्ले जानकारी दिए ।
कार्यक्रममा संस्थाको करीब २४ हजार सदस्य र छ हजार बाल बचत सहित ३० हजारलाई बचत तथा ऋणको अलावा ६० हजार छ सय सम्म निःशुल्क सदस्य राहत, २० हजार सम्म निःशुल्क मुटु रोग, क्यान्सर, मृगौला र मस्तिष्क सम्बन्धी रोग लागी उपचार गर्दा विशेष उपचार राहत, लघुवित्त कार्यक्रम, युवा सशक्तिकरण कार्यक्रम, रेमिटेन्स सेवा, ३६५ दिने र सन्ध्यकालीन सेवा, एबिबिएस सेवा, इन्टरनेट बैकिङ्ग सेवा (मोवाइल रिचार्ज, युटिलिटी पेमेन्ट सेवा संचालन गर्दै आएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
