२२ कात्तिक २०८३, आईतवार

यी हुन् बाराका उत्कृष्ठ सहकारी र सहकारीकर्मी

२०७३ चैत २०, आईतवार
यी हुन् बाराका उत्कृष्ठ सहकारी र सहकारीकर्मी

bara

बारा । “दिगो विकास लक्ष्य प्राप्तीका लागि सहकारी” भन्ने मुलनाराका साथ ६० औं राष्ट्रिय सहकारी दिवस बारामा भब्य रुपमा मनाईएको छ । सहकारी दिवसको अवसरमा आईतबार डिभिजन सहकारी कार्यालय बाराले सदरमुकाम कलैयामा भब्य कार्यक्रमको आयोजना गरी कार्यक्रम सम्पन्न गरेको हो ।

डिभिजन सहकारी कार्यालयबाट विभिन्न नारा र ब्यानर सहित सयौंको संख्यामा उपस्थित सहकारीकर्मीले निकालेको ¥याली कलैया बजार परिक्रमा गर्दै श्री ३ चन्द्र उच्च माध्यमिक विद्यालयको प्राङ्गणमा पुगी सभामा परिणत भएको थियो ।

सहकारी दिवसको अवरसमा सहकारी कार्यालय बाराले सहकारीको क्षेत्रमा उत्कृष्ठ काम गर्ने सहकारी संस्था सहित आठ जनालाई सम्मान समेत गरेको छ । सम्मानीन हुने उत्कृष्ठ सहकारी संस्थाका रुपमा साना किसान कृषि सहकारी संस्था लिमिटेड तेतरिया रहेको छ ।

सम्मानित हुने व्यक्तिमा सगरमाथा बचत तथा ऋण सहकारी संस्था लिमिटेड निजगढका अध्यक्ष भोला प्रसाद गौतम, घण्टीमाई बचत तथा ऋण सहकारी संस्था लिमिटेड औराहकी अध्यक्ष कोपीला सिंखडा, समाचखेवा बचत तथा ऋण सहकारी संस्था लिमिटेड कलैयाका अध्यक्ष लक्ष्मी प्रसाद चौधरी र साना किसान कृषि सहकारी संस्था लिमिटेड डुमरवानाकी उपाध्यक्ष कमला कुमारी रिमाल अधिकारी उत्कृष्ठ संचालकका रुपमा पुरस्कृत भईन ।

त्यसैगरी पालनपोषण बचत तथा ऋण सहकारी संस्था बरियारपुरका व्यवस्थापक रन्जित कुश्वाह र डुमरवाना दुग्ध उत्पादक सहकारी संस्थका ब्यवस्थापक ठगेन्द्र(दिपक) घिमिरे उत्कृष्ठ ब्यवस्थापकका रुपमा पुरस्कृत भए ।

त्यसैगरी डिभिजन सहकारी कार्यालय बारामा कार्यरत सहायक लेखापाल समेत उत्कृष्ठ कर्मचारीका रुपमा सम्मानीत एवं पुरस्कत भएका छन् ।

अभिलेख

लोकप्रिय