यी हुन् २०७३ को उत्कृष्ट सहकारी
ललितपुरलाई उत्कृष्ट सहकारी पुरस्कार

काठमाडौं । राष्ट्रिय सहकारी संघ लि. नेपालले ६० औं राष्ट्रिय सहकारी दिवसको अवसरमा पारेर शनिवार चैत बर्षको उत्कृष्ट सहकारीहरुको घोषणा गरेको छ । २०७३ को उत्कृष्ट सहकारी पुरस्कारबाट संघले ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. सम्मानीत गर्ने भएको छ ।
संघले अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा पुरस्कार प्रदान गर्ने छ । त्यसैगरि उत्कृष्ट सहकारी व्यवसाय पुरस्कारबाट प्रत्येक प्रदेशबाट १/१ सहकारीलाई छनोट गरेको पुरस्कार उससमितिका सदस्य तथा संचालक माधव दुलालले बताए । उनका अनुसार प्रदेश १ बाट उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार प्राप्त गर्ने संस्था महारानी झोडा साना किसान कृषि सहकारी संथिा झापा रहेको छ । प्रदेश २ बाट सगुन बचत तथा ऋण सहकारी संस्था लि. सर्लाही पुरस्कृत हुने भएको छ ।
प्रदेशन ३ बाट नन्दिनी दुग्ध उत्पादक सहकारी संस्था लि. चितवन, प्रदेश ४ बाट नव प्रगति बचत तथा ऋण सहकारी संथिा नवलपरासी, प्रदेश ५ बाट प्रगतिशिल महिला विकास बहुउद्देश्यीय सहकारी संस्था रुपन्देही, प्रदेश ६ बाट गोठपाँडा कृषक सहकारी संस्था लि दैलेख र प्रदेश ७ बाट श्री केदारनाथ बचत तथा ऋण सहकारी संस्था लि. दार्चुला पुरस्कृत हुने भएका छन् ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
