'दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी' भन्ने नाराका साथ ६० औं राष्ट्रिय सहकारी दिवस मनाइदै

काठमाडौं । सहकारी तथा गरिवी निवारण मन्त्री हृदयराम थानीले सहकारीमार्फत ठूला परियोजना र उद्योगहरु संचलान गर्न सक्नेगरी सहकारी ऐन आउने बताएका छन् । उनले राष्ट्रिय सहकारी संघ लि. नेपालले ६० औं राष्ट्रिय सहकारी दिवसको अवसरमा आयोजना गरेको दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी विषय राष्ट्रिय गोष्ठी तथा पुरस्कार घोषणा समारोहलाई सम्बोधन गर्दै सो सहकारीलाई खरायोको गतिमा हिड्न सक्ने गरी ऐन आउने जिकिर गरे ।
‘१ सय ४२ बुँदाको सहकारी विधेयकमाथि ३ सय ९३ संसोधन पर्नुको कारण सहकारीलाई कछुवाको गतिमा होइन खरायोका गतिमा हिडाउनका लागि हो,’ उनले भने, ‘सहकारीले दिगो विकास लक्ष्यअनुसार गरिवी निवारणका लागि महत्वपूर्ण भूमिका खेल्ने छ । यसलाई फैलिने हिसाबको ऐन निमार्ण गर्न म तल्लिन छु ।’
दिगो विकास लक्ष्य अनुसार गरिवी घटाउनका लागि सरकारले गरिवसम्बन्धी सम्पूर्ण कार्यक्रमहरु एउटा मन्त्रालयमार्फत संचालन गनृूपर्नेमा जोड दिनुभयो । ‘१४ मन्त्रालयमा ४९ वटा गरिवसँगका कार्यक्रम छन् तर गरिवी मन्त्रालयमा कुनै कार्यक्रम छैन । यस विषयमा कसैको चासो छैन । यसरी यो मन्त्रालय जोगिदैन,’ उनले भने,‘३४ हजार सहकारी छ । सहकारीका लागि छुट्टै मन्त्रालय चाहिन्छ । त्यकसा लागि सहकारीकर्मीले समेत आवाज उठाउने बेला आएको छ ।’
गोष्ठीमा यूएनडीपीका क्षेत्रिय शुससान तथा क्षमता विकास विज्ञ पुष्प बस्नेतले दिगो विकास लक्ष्यहरु र यसको प्राप्तिका लागि सहकारी क्षेत्रको भूमिका विषय कार्यपत्र प्रस्तुत गरेका थिए भने सिप्रेड नेपालका अध्यक्ष डा हरीकृष्ण उपाध्यायले दिगो विकास लक्ष्य प्राप्तिमा सहकारी, सम्भावना, चुनौती एव् सुधारका पक्ष विषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।
पुर्वगर्भनर डा युवराज खतिवडाले प्रत्येक व्यत्तिःमा पुग्ने संयन्त्र भनेको सहकारी मात्र रहेको बताए । ‘पुँजी छोडेको दिने निजि क्षेत्रले शेयर होल्डरलाई चिन्दैन तर सहकारीले सदस्यप्रति चासो राख्छ । त्यसैले समृद्धको आधार सहकारीले दिन्छ,’ उनले भने । उनले सहकारी र निजि क्षेत्रबिचको छुवाछुट अन्त्य हुनुपर्नेमा जोड दिनुभयो । ‘तिन खम्बे भन्ने तर खम्बा मात्र भएर हुँदैन, खम्बा जोड्ने विम पनि चाहिन्छ । त्यसैले प्राइभेट, कम्युनिटिवेसका सहकारी र सार्वजनिकको पिसिपी मोडेललाइ बढवा दिनुपर्छ।’ उनले भने । जगेडा कोष र नाफाबाट बचेको पैसलाई जलस्रोतमा लगानी गरेका सहकारीलाई सह सचिवको निर्देशनमार्फत पैसा निकाल्न लगाउनु मुर्खता रहेको खतिवडाले बताए । ‘सहकारी कानुनी व्यक्ति हो । उनले कानुनी दायरामा बसेर सबै क्षेत्रमा फैलिन पाउनुपर्छ । शिक्षा ऐन विग्रेको छ । त्यसलाई बनाउनुपर्छ । सामुदायीक आवासका लागि सहकारी उपयुक्त माध्यम बनेको छ । यी कुराले मात्र दिगो विकास लक्ष्य प्राप्त हुन्छ,’ उनले भने ।
राष्ट्रिय सहकारी संघका अध्यक्ष केशव बडालले ६० औं राष्ट्रिय सहकारी दिवसको नारा दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी भन्ने तय गरिएको र सोहि अनुसार सम्पूर्ण सहकारी संघ सस्थाले आफ्नो निति गतिविधि संचालन गर्ने आग्रह गरे । कार्यक्रममा सहकारी तथा गरिवी निवारण मन्त्रलायका भर्खर सचिवका रुपमा आएका राजेन्द्र किशोर क्षेत्रीलाई संघका अध्यक्ष बडालले स्वागत गरेका थिए । कार्यक्रममा संघका सल्लाहकार गणेश शाहले प्रविधिमा जोड दिएका थिए । कार्यक्रममा संघकी उपाध्यक्ष ओमदेवी मल्ल, संघका पूर्व अध्यक्ष दीपक प्रकाश् बाँस्कोटा, रजिष्ट्रार केशवप्रसाद रेग्मीलगायतले मन्तव्य राखेका थिए ।
देशभरि २०१३ साल चैत २० गतेका दिन चितवनमा बखानपुर ऋण सहकारी स्थापना भएको दिनको स्मरण गर्दै चैत २० गते देशभरि राष्ट्रिय सहकारी दिवस मनाइन्छ । दिवसको अवसरमा विचार गोष्ठी, ¥याली, रत्तदान, सरसफाइ, जनचेतनालगायतका कार्यक्रम गरिन्छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
