सहकारी दिवसको नाराले लक्ष्य प्राप्त गर्न नसकेको बडालको स्वीकारोक्ती

काठमाडौं । राष्ट्रिय सहकारी संघका अध्यक्ष केशव प्रसाद बडालले ‘आयात प्रतिस्थापन र माजिक न्यायका लागि सहकारी’ भन्ने अत्यन्तै महत्वपूर्ण थिम तय गरेपनि भूकम्प र नाकावन्दीले त्यस अनुसारको लक्ष्य प्राप्त हुन नसकेको बताएका छन् ।
सहकारी हकहित राष्ट्रिय समाजले आयोजना गरेको कार्यक्रममा बोल्दै बडालले सामाजिक रुपान्तरणको काम राज्यले संविधान, ऐन, कानुनमा लेखिदिएर मात्र नहुने उनको भनाई थियो । संघले गत बर्ष ‘आर्थिक विकास र सामाजिक रुपान्तरणका लागि सहकारी’ भन्ने थिम तय गरेर देशभरका सवै केन्द्रीय संघ, जिल्ला स्तरीय संघ र प्रारम्भिक संस्थाहरुलाई सामाजिक रुपान्तरणमा लाग्न प्रेरित गरेको उनले बताए ।
शान्ति तथ पुननिर्माण मन्त्रालयका सहसचिव सुदर्शन प्रसाद ढकालले राज्यले बित्तीय सहकारीको अनुगमन गर्ने जिम्मेवारी सहकारी बिभागको थाप्लोमा हालिदिनु गलत भएको बताए । संसारमा यस्तो कहीँपनि नभएको उनको भनाई थियो । बित्तीय कारोबार गर्ने बचत तथा ऋण सहकारी संस्थाहरु जनताका बैंक भएकाले क्याशबेस कारोवार गर्ने बित्तीय सहकारीहरुले एटीएम, मोवाईल बंैकिङ पनि संचालन गर्न सक्ने भएकाले बिभाग त्यहाँ सम्म पुग्नुपर्ने उनले बताए ।
विश्वका अन्य देशमा बित्तीय कारोवार गर्ने सहकारी संस्थाहरुलाई सेन्ट्रल फेडेरेसन जस्ता डेडिकेटेड पावरबाट केन्द्रीय बैंकले नियन्त्रण गर्ने प्रचलन भएपनि यहाँ त्यस्तो हुन नसकेको बताए । ‘हाम्रो मुलुकमा यस्तो जिम्मेवारी किन सहकारी बिभागलाई छाडेको हो, मैले बुझ्न सकेको छैन्।’ उनले भने ।
‘ सहकारीले विद्यालय, हाउजिङ्ग, उद्योग धन्दा खोल्न नपाउने अनि उत्पादनको क्षेत्रमा गएनौ भनेर किन गाली गर्ने रु पहिले बाटो खोलिदिनु प¥यो । ’ उनले भने । सहकारी प्रति गरिएका अन्य बिभेदहरुको अन्त्य भए मात्र दिगो विकासका सबै लक्ष्य प्राप्त गर्न सकिने उनले बताए ।
सहकारी विभागका उपरजिष्ट्रार नारायण प्रसाद अर्यालले दिगो विकास लक्ष्य प्रप्तिका लागि राज्यले आगामी १५ बर्षका लागि तय गरेका लक्ष र उद्देश्य हासिल गर्ने राष्ट्रिय अभिभारा सहकारी क्षेत्रको पनि भएको बताए । ‘सहकारी क्षेत्रले ल्याउने नीति, योजना र कार्यक्रमहरु राज्यले तय गरेका बिकास लक्ष्य प्राप्त हासिल गर्न सहयोगी हुनुपर्छ’ उनले भने ।
गुणस्तरीय स्वास्थ्य, शिक्षा, पोषणयुक्त खाद्यन्नको उपलब्धता, आम्दानी अभिबृद्धि, लैङ्गिक बिभेद र असमानताको अन्त्य लगायतका राज्यलाई आर्थिक सामाजिक हिसाबले सशक्त तुल्याउने अभियान सहकारीको विशेष भूमिका हुने उनको भनाई थियो । राज्य र सहकारीका कार्यक्रम एकाकार गरेर अगाडि बढाउन सके मात्र दिगो विकास लक्ष्य प्राप्त गर्न सकिने उनले बताए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
