२२ कात्तिक २०८३, आईतवार

अल बिदा ‘सहकारी बा’ !

२०७३ चैत १२, शनिवार
अल बिदा ‘सहकारी बा’ !

sahakari ba

दमौली । सहकारी भने पछि दिलोज्यान लगाएर सक्रिय रहने र सहकारीमै तीन दशक बिताएका सहकारी आन्दोलनका अगुवा पुरुषोत्तम काफ्लेको शुक्रबार निधन भएको छ ।

जिल्ला सहकारी संघ तनहुँलाई लामो समय नेतृत्व दिएका काफ्लेको ७४ वर्षको उमेरमा शुक्रबार राती निधन भएको हो । काफ्लेलाई तनहुँमा ‘सहकारी बा’ नामले सहकारीकर्मीहरुले चिन्ने गर्दथे ।

मधुमेहका बिरामी काफ्लेलाई केही दिनयता न्युमोनियाको समस्या पनि देखिएको थियो । शुक्रबार साँझ छातीमा असजिलो भए पछि उपचारका लागि नेशनल एपोलो अस्पताल लगिएकामा उनलाई थप उपचारका लागि पोखरा लैजाने तयारी गरिंदै गर्दा एम्बुलेन्समै उनको निधन भएको छोरा प्रदीप काफ्लेले जानकारी दिए ।

स्वर्गीय काफ्लेको शवमा सहकारी संघको झण्डा ओढाएर राष्ट्रिय सहकारी संघकी सञ्चालक लीला कोईराला तथा केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका वरिष्ठ उपाध्यक्ष अमरबहादुर कुँवरले सहकारीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरे ।

अभिलेख

लोकप्रिय