२२ कात्तिक २०८३, आईतवार

वार्षिक योजना तथा बजेट निर्माण तालिम सकियो

२०७३ चैत १०, बिहिबार
वार्षिक योजना तथा बजेट निर्माण तालिम सकियो

received_1451860558218703

काठमाडौं । नेफस्कून स्रोत केन्द्र, चावहिलको आयोजनामा सञ्चालित दुई दिवसीय बार्षिक योजना तथा बजेट निर्माण तालिम बुधबार सकिएको छ ।
काठमाडौंका बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक समिति र व्यवस्थापन पक्षको क्षमता विकास गर्ने अभिप्रायसहित आयोजित तालिममा २३ वटा बचत तथा ऋण सहकारीबाट २७ जना सहभागी रहेका थिए ।
साकोसमा वार्षिक योजना तर्जुमा गर्दा ध्यानदिनुपर्नै कुराहरु, बजेट तर्जुमा तथा निर्माण विधि र प्रक्रियो जस्ता विभिन्न विषयवस्तुमा व्यवहारीक ज्ञान प्रवाह गर्ने उद्देश्यसहित तालिम सहजकर्ता कुमार खत्रीले कक्षा सञ्चालन गरेका थिए ।
बुधबार तालिम कार्यक्रम समापन गर्दै नेफ्स्कूनका महासचिव चन्द्रप्रसाद ढकालले तालिममा सिकेको कुरालाई संस्था सञ्चालनमा लागु गर्ने र हरेक काम योजना बमोजिम गर्न सहभागीहरुलाई आग्रह गरे ।

अभिलेख

लोकप्रिय