सामाजिक रुपान्तरणको संवाहक सहकारी : केशव बडाल

पोखरा । राष्ट्रिय सहकारी संघ लिमिटेडका अध्यक्ष केशव बडालले मुुलुकको आर्थिक विकाससंगै सामाजिक रुपान्तरणका लागि सहकारी क्षेत्रको भूमिकालाई वेवास्ता नगर्न आग्रह गरेका छन् ।
विपन्न वर्गका जनताको आर्थिक अवस्था सुधार गर्न तथा सबै जातजाती, भाषाभाषी, धर्म संप्रदायकाबीच समन्वयकारी भूमिका खेल्दै आर्थिक विकास र सामाजिक रुपान्तरणमा सहकारी क्षेत्रले उल्लेख्य भूमिका निर्वाह गरेको दाबी गरे ।
राष्ट्रिय सहकारी संघले सहकारीमा लेखा समितिको भूमिका विषयक प्रदेश नंम्बर ४ स्तरीय गोष्ठीको समापनका क्रममा बोल्दै बडालले आर्थिक विकाससंगै सामाजिक रुपान्तरणको संवाहक सहकारी क्षेत्र भएको बताए ।
संयुक्त राष्ट्रसंघले सन २०३० सम्ममा भोक, शोक र रोगबाट विश्वभरका जनतालाई उन्मुक्ती दिने गरी शुरु गरेको दीगो विकास लक्ष्य प्राप्तीका लागि संसारभर सहकारीको भूमिकालाई आत्मसाथ गरिएको भन्दै उहाँले नेपालको सहकारी क्षेत्र पनि त्यही लक्ष्य प्राप्तीको अभियानमा अगाडि बढीरहेको बताए । कार्यक्रममा राष्ट्रिय सहकारी संघका लेखा सदस्य सोमबहादुर श्रेष्ठले लेखा समितिको भूमिकालाई प्रभावकारी बनाउदै सहकारी क्षेत्रको योगदान थप प्रभावकारी बनाउनु पर्नेमा जोड दिए ।
यस्तै राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसीले सहकारी क्षेत्रले समाजमा पु¥याएको योगदानको सही मूल्यांकन गर्नु पर्नेमा जोड दिदै सहकारी क्षेत्रका सकारात्मक कुराको प्रवद्र्धन र कमजोरीहरुलाई सुधार गरेर अगाडि बढ्न सके मात्रै संयुक्त राष्ट्रसंघ र हाम्रो संविधानले अंगिकार गरेको आर्थिक तथा सामाजिक रुपान्तरण संभव रहेको बताए ।
४ नम्बर प्रदेशका जिल्ला सहकारी संघका अध्यक्ष तथा सबै जिल्ला स्तरीय सहकारी संघका लेखा समितिका संयोजक तथा सदस्य गरी ८० जनाको सहभागिता रहेको गोष्ठीमा सहकारीमा लेखा समितिको भूमिका कसरी बढाउने, सञ्चालक समिति र लेखा समितिबीचको समन्वय कसरी गर्ने लगायत सहकारीको आन्तरिक सुशासन कायम गर्नका लागि लेखा समितिको क्षमता अभिवृद्धि गर्ने विषयमा छलफल गरि निष्कर्ष निकालिएको राष्ट्रिय सहकारी संघका सञ्चार अधिकृत रामसुधन तिमिल्सिनाले जानकारी दिए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
