२२ कात्तिक २०८३, आईतवार

सिन्धुलीका तीन सहकारी गाभिए

२०७३ चैत ८, मङ्गलबार
सिन्धुलीका तीन सहकारी गाभिए

सिन्धुली । जिल्लामा संचालित तीन सहकारी संस्था एक आपसमा गाभिएका छन् ।

सिन्धुलीको डाढी गुराँसेमा संचालनमा रहेको नमुना वहुउदेश्यीय सहकारी संस्था लि, महादेवस्थानमा संचालनमा रहेको जनहित प्रवल सहकारी संस्था लि. र कपिलाकोटमा संचालनमा रहेको कपिलाकोट बचत तथा ऋण सहकारी संस्था लि एक आपसमा गाभिएका हुन् ।
गत मंसिर २८ गते मंगलबार महादेवस्थानको पंचकन्या मन्दिर परिसरमा सपन्न नमुना बहुउद्देस्यीय सहकारी संस्थाको तेश्रो साधारण सभा तथा संस्था एकिकरण भेला पश्चात विभिन्न चरण पार गर्दै चैत्र ६ गते आधिकारीक रुपमा डिभिजन सहकारी कार्यालय धनुषाले एकिकृत कारोवार गर्न स्वीकृती प्रदान गरेको हो ।
एकिकरण पश्चात नमुना बहुउद्देश्यीय सहकारी संस्था लि.नाम र मरिण गाउँ पालिका वडा नं —६, कपिलाकोट ठेगाना रहि संचालनमा आउने भएको छ । संस्थाले वर्तमान अवस्थामा मरिण गाउँ पालिका वडा नं —६, कपिलाकोटमा प्रधान कार्यालय र कनपा—६ धुरावजारमा सेवा केन्द्र संचालन गरि सदस्यहरुलाई सेवा दिने व्यवास्था पनि मिलाएको छ ।
जिल्लामा एकिकरण अभियानालाई अधिवढाएको नमुना वहुउदेश्यीय सहकारी संस्थाले एकिकरण पश्चात पछिल्लो कारोवार ४ करोडबाट उकालो लागेको बताईएको छ । २०५१ सालमा आदर्श बहुउद्देश्यीय सहकारी संस्थाको रुपमा डिभिजन सहकारी कार्यालय धनुषामा दर्ता भइ संचालनमा आएको यस सहकारी ३ वर्ष अघि नै पहिलो पटक सिन्धुलीको नमुना कृषी सहकारी संस्था लि. संग एकिरण भई नमुना वहुउदेश्यीय सहकारी संस्थाको नाम वाट संचालनमा आएको थियो । संस्थाको डाढी गुराँसे गा.वि.स.७ मा प्रधान कार्यालय र कनपा —६ मा सेवा केन्द्र संचालन गरि सदस्यहरुलाई सेवा दिई रहेको संस्थाले जिल्ला भरि कार्यक्षेत्र भएको संस्थाको रुपमा अनुमनि प्राप्त गरेको छ । एकिकरण संगै जिल्ला भित्र संचालन भएका विविध विधाका सहकारी संस्थाहरुलाई यस संस्थामा एकिकरण भई एकिकृत कारोबार गर्न अबका दिनहरुमा सहज हुने संस्थाका अध्यक्ष खडानन्द तिमल्सिना ले बताएका छन् । संस्थाले २०७४ वैशाख १ गते एकिकृत प्रधान कार्यालयको कपिलकोटमा उद्ध्घाटन गर्ने र आगामी दिनहरुमा जिल्लाका सवै स्थानिय तहहरुमा सेवा केन्द्र संचालनमा ल्याउने तयारी भई रहेको पनि अध्यक्ष तिमल्सिनाले बताएका छन् ।

अभिलेख

लोकप्रिय