सहकारीमा लेखा समितिको भूमिका विषयक प्रादेशिक कार्यशाला गोष्ठी पोखरामा सुरु

पोखरा । राष्ट्रिय सहकारी संघ लि। नेपालद्धारा प्रदेश नं. ४ का लागि आयोजित सहकारीमा लेखा समितिको भूमिका विषयक प्रादेशिक कार्यशाला गोष्ठी आज २०७३ चैत्र ७ गते पोखरामा सुरु भएको छ ।
संघका लेखा संयोजक धर्मदत्त देवकोटाको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहको प्रमुख अतिथि कास्कीका प्रमुख जिल्ला अधिकारी हरी प्रसाद मैनालीले कुनै पनि संघ संस्थाको आर्थिक हिसाव किताव दुरुस्त भएमा कसैले औंला उठाउन नसक्ने भन्दै सो का लागि लेखा समितिको भूमिका महत्वपूर्ण हुने विचार व्यक्त गरे । समयानुकुल प्रविधि ग्रहण गर्दै जानुपर्ने र सदस्यहरुले संस्थाको आर्थिक विवरण पाउनुपर्ने अधिकार भएको विचार व्यक्त गर्दै सहकारीलाई जीवन्त राख्न लेखा समितिको जिम्मेवारी महत्वपूर्ण रहेको बताए ।

उद्घाटन समारोहमा मन्तव्य व्यक्र गर्दै राष्ट्रिय सहकारी संघका वरिष्ठ उपाध्यक्ष मीनराज कंडेलले सहकारीमा संचालक तथा लेखा समिति पर्यायवाची शव्द भएको र एक अर्काका परिपुरक रहेको बताउदै सहकारी संघ संस्थालाई व्यवस्थित रुपमा संचालन गर्नका लागि लेखा समितिको भूमिका महत्वपूर्ण हुने कुरामा जोड दिए । साथै, कंडेलले दिगो विकास लक्ष्यका १७ वटा वुदाहरुमा सहकारीले योगदान पुयाउनका लागि योजनागत रुपमा जानुपर्ने भन्दै अन्तर्राष्टिय सहकारी महासंघका सन् २०२० सम्मको लक्ष्यवारे जानकारी गराए । यसै गरी संघका संचालक चन्द्र प्रसाद ढकालले सहकारीलाई कमजोर वनाउने तत्व पछि लागि रहेको समयमा यस गोष्ठी सान्दर्भिक रहने विचार व्यक्त गरे । संचालक दक्ष पौडेलले सहकारी संघ संस्थाले नवीन प्रविधिको प्रयोग गर्नुपर्ने कुरामा जोड दिए ।
कार्यक्रममा प्रदेश नं. ४ का जिल्ला सहकारी संघका अध्यक्ष तथा लेखा संयोजक वा सदस्य र विषयगत संघका लेखा समितिका संयोजक वा सदस्य गरी ७४ जनाको सहभागिता रहेको छ ।
कार्यक्रममा सहकारी तथा गरिवी निवारण मन्त्रालयका सहसचिव सुरेश प्रधानले सहकारी सुशासनमा सरकारको भूमिका, संघका लेखा संयोजक धर्मदत्त देवकोटाले सहकारी सुशासनमा लेखा समितिको भूमिका, सिंए। अर्जुनप्रसाद गोलालीले सहकारीमा सुशासन तथा आन्तरिक तथा वाह्य लेखा परिक्षण विषयक कार्यपत्रहरु प्रस्तुत हुने र संघका नायव महाप्रवन्धक चित्रा कुमारी थाम्सुहाङ्ग सुव्वाले राष्ट्रिय सहकारी संघको संक्षिप्त प्रस्तुति लगायत सहकारी व्यवस्थापन सूचना प्रणालीबारे समेत प्रस्तुतिकरण हुने छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
