२२ कात्तिक २०८३, आईतवार

हातेमालो सहकारीद्वारा खानेपानी सामाग्री हस्तान्तरण

२०७३ फागुन २७, शुक्रबार
हातेमालो सहकारीद्वारा खानेपानी सामाग्री हस्तान्तरण

hatemalo

सिमरा । विश्व मृगौला दिवसको अवसरमा सिमरास्थित हातेमालो बचत तथा ऋण सहकारी संस्थाले प्राथमिक स्वास्थ्य केन्द्र सिमरालाई करीव तीस हजार रुपैया बराबरको इलेक्ट्रिल फिल्टरसहित खानेपानी धारा हस्तान्तरण गरेको छ ।

हस्तान्तरणपछि बोल्दै संस्थाका अध्यक्ष डा. कृष्ण पौडेलले सहकारीहरु सामाजिक व्यवसाय भएको नाताले समुदायको वित्तिय आवश्यकता अलावा शिक्षा स्वास्थ्यसमेत सरोकारको विषय भएको बताए । पौडेलले सहकारीहरुले आफुलाई सफल संस्थाको रुपमा विकास गर्दै सामाजिक उत्तरदायित्व बहन गर्न ध्यान दिनुपर्ने बताए ।

करीव नौ वर्षअघि स्थापना भएको हातेमालोले २६०० सदस्यहरुवीच करीव २६ करोडको कारोवार गरिरहेको छ । मध्यतराईको उत्कृष्ट वचत तथा ऋण सहकारी संस्थाको पहिचान बनाएको संस्थाले समुदायको वित्तिय सशक्तीकरण अलावा विभिन्न सामाजिक उत्तरदायित्वका क्रियाकलापहरु गरिरहेको छ ।

अभिलेख

लोकप्रिय