२२ कात्तिक २०८३, आईतवार

सहकारी भ्रमणका लागि बंगलादेशीका सहकारीकर्मी नेपालमा

२०७३ फागुन २०, शुक्रबार
सहकारी भ्रमणका लागि बंगलादेशीका सहकारीकर्मी नेपालमा

received_1427245034013589
काठमाडौं । बंगलादेशका सहकारीर्मी नेपालको सहकारी भ्रमणमा आएका छन् । बंगलादेश बचत तथा ऋण केन्द्रीय सहकारी संघ र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ बीचको को २१ औं सद्भावना भ्रमणका लागि १६ जनाको टोली नेपाल आएका हुन् । बंगलादेश बचत तथा ऋण केन्द्रीय सहकारी संघका उपाध्यक्ष मोहमद अली जिनाको नेतृत्वमा नेपाल आएका हुन् ।
भ्रमण टोलिलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा नेफ्स्कूनका प्रशासन तथा समन्वय विभाग प्रमुख शिव अधिकारीले स्वागत गरेका थिए । टोलीले काठमाडौं, भक्तपुर, काभ्रे र पोखरा लगायत जिल्लाका उत्कृष्ट सहकारी संस्थाहरुको अवलोकन गर्ने र सफल साकोसबीचको अनुभव आदानप्रदान गर्ने कार्यक्रम रहेको अधिकारीले सहकारीखबरलाई जानकारी दिए ।
बंगलादेश बचत तथा ऋण केन्द्रीय सहकारी संघ र नेफ्स्कूनबीच विगत ११ बर्षदेखि सद्भावना भ्रमण कार्यक्रमले निरन्तरता पाउँदै आएको छ । भ्रमणका क्रममा सहकारी विभाग र सहकारीकर्मीहरुबीच अन्तक्रिया, सहकारी संस्थाहरुको असल अभ्यास र सहकारी अनुभव आदानप्रदाको कार्यक्रम रहेको छ । सहकारी भ्रमण सँगै टोलीले पर्यटकीय स्थलहरुको अवलोकन समेत गर्नेछन् ।

अभिलेख

लोकप्रिय