२२ कात्तिक २०८३, आईतवार

५० लाख जनतामा वित्तीय सेवा पुर्याउने नेफ्स्कुनको लक्ष्य

२०७३ फागुन ४, बुधबार
५० लाख जनतामा वित्तीय सेवा पुर्याउने नेफ्स्कुनको लक्ष्य

received_1408535255884567
काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कुन) ले तीन वर्ष भित्र ५० लाख जनतालाई वित्तीय सहकारीको स्वामित्व र सेवा पु¥याउने लक्ष्य लिएको छ ।
मुलुकभर एकीकृत दीगो सुशासित साकोस अभियान बनाउने र वित्तीय सहकारी अभियानमार्फत राष्ट्रिय समृद्धिमा महत्वपूर्ण योगदान स्थापित गर्ने लक्ष्य समेत लिएको छ । समुदायमा वित्तीय कारोबार गर्ने सहकारीहरु सञ्चालन र व्यवस्थापन सम्वेदनशिल कार्य भएकोले यसको नियमन र व्यवस्थापनलाई प्रभावकारी, विधि र प्रविधिमा आधारित बनाउन नेफ्स्कून क्रियाशिल रहने रणनीतिक कार्यदिशा चार दिवसीय रणनीतिक कार्यदिशा अभिमुखीकरण गोष्ठिले तयार गरेको छ ।

अभिलेख

लोकप्रिय