२२ कात्तिक २०८३, आईतवार

आकुका सीईओ र म्यानमार परियोजना प्रमुख नेपालमा

२०७३ फागुन १, आईतवार
आकुका सीईओ र म्यानमार परियोजना प्रमुख नेपालमा

FB_IMG_1486910209579काठमाडौं । एशियाली ऋण महासंघ (आकु)का प्रमुख कार्यकारी अधिकृत एलिनिता भी स्यान रोक्यू र म्यानमार परियोजना प्रमुख रञ्जित हिताराची नेफ्स्कूनको तीन बर्षे रणनीतिक योजना निर्माण सहजीकरणका लागि नेपाल आईपुगेका छन् ।
नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कून) को तीन बर्षे रणनीतिक योजना निर्माण सहजीकरणका लागि उनीहरु नेपाल आएका हुन् । उनीहरुलाई नेफ्स्कूनका लेखा सुपरिवेक्षण समिति संयोजक दामोदर अधिकारीले स्वागत गरेका थिए ।
नेफ्स्कूनले केही दिनदेखि तीन बर्षे रणनीतिक योजना निर्माणका क्रममा छलफल र अन्तरक्रिया कार्यक्रमलाई निरन्तरता दिएको छ ।

अभिलेख

लोकप्रिय