२२ कात्तिक २०८३, आईतवार

सहकारी बैंकको नाफा ३५५ प्रतिशतले बढ्यो

२०७३ फागुन १, आईतवार
सहकारी बैंकको नाफा ३५५ प्रतिशतले बढ्यो

काठमाडौं । राष्ट्रिय सहकारी बैंक लिमिटेडको दोस्रो त्रैमासमा खुद नाफा ३५५ दशमलप ०५ प्रतिशतले बृद्धि भई ९ करोड ८५ लाख रुपैयाँ कमाउन सफल भएको छ । बैंकको गत बर्षको सोहि अवधिमा २ करोड १६ लाख रुपैयाँको खुद नोक्सानी रहेकोे थियो ।
बैंकले निक्षेपमा शून्यदशमलव ५३ प्रतिशतले वृद्धि गरी ९ अर्ब ६८ करोड ८१ लाख रुपैयाँ संकलन गरेर कर्जामा ७ अर्ब ७३ करोड ६२ लाख रुपैयाँ लगानी गरेको छ । खुद ब्याज आम्दानीमा ६८ दशमलव ४५ प्रतिशतले बढेर २२ करोड ९४ लाख रुपैयाँ पुगेको छ । त्यस्तै सञ्चालन मुनाफामा १४७ दशमलब ६७ प्रतिशतले वृद्धि भई ३ करोड ३४ लाख रुपैया रहेको छ ।
बैंकले गत आर्थिक बर्षको दोस्रो त्रैमास को तुलनामा आफ्नो प्रोभिजन बढाएर १४ करोड १७ लाख रुपैयाँ राखेको छ । यो त्रैमासमा भने बैंकले १० करोड ६ लाख रुपैयाँ बराबरको खराब कर्जा उठाएको छ ।
बैंकको निष्कृय कर्जा २ दशमलव ६६ प्रतिशतमा आएको छ र सीडी रेसिओ ७९ दशमलव ८५ प्रतिशत रहेको छ ।

अभिलेख

लोकप्रिय