यसरी गर्नुस् बचत !
धेरै पैसा कमाएर धनी बन्ने रहर अधिकांशलाई हुन्छ । तर, चाहदा चाहदै पनि अधिकांशको त्यो रहर पुरा हुन सकेको हुदैन । धनी बन्नका लागि सबैभन्दा पहिले तपाइंसँग बचत गर्ने चाहाना हुनुपर्छ । हुनत पैसा जोगाउने र बचत गर्ने चाहना अधिकांशमा हुन्छ । तर, चाहँदा चाहँदै पनि सबैले पैसा जोगाउन सकिरहेका हुदैनन् । साँच्चै पैसा बचत गरी सही ठाउँमा उपयोग गर्न चाहनुहुन्छ ? त्यसो हो भने यी उपायहरु पयोगी हुन सक्छन ।
आवश्यक ठाउँमा मात्र खर्च
जबसम्म खर्च घटाउनु हुन्न तबसम्म बचत हुन सक्दैन । त्यसैले आफ्ना खर्चका शीर्षकहरू केलाउनु होस् । ती मध्ये कुन बढी र कुन कम महत्वपूर्ण हुन् छुट्टयाउनुहोस् । त्यसको आधारमा पैसा खर्च गर्नुहोस् । अफिसका साथीहरूसँगै खाजा खान जाने गर्नुहुन्छ भने ‘गोइङ् टुगेदर, पेईङ् सेपरेट’(सँगै खाने तर अलग–अलग तिर्ने) बानी बसाल्नु होस् । सबै साथीहरूको बिल आज तपाईले तिर्ने र भोलि अर्काले तिर्नु नराम्रो त होईन । तर, सबै साथीहरूको स्वभाव एकै प्रकारका हुँदैनन् । आफ्नो पालोमा उनीहरूले पैसा नर्तिन विभिन्न बाहना गर्न सक्छन् । यस्तो स्थितीमा तपाईको मात्र खर्च बढी हुन सक्छ । आज साथीले खाएको खाजाको पैसा नतिर्दा भोलीलाई तपाईको खाजाको लागि पैसा बचत भईरहेको हुन्छ ।
धेरै उत्साहित नहुनुहोस
के तपाईको तलब बढेको छ ? पदोन्नती भएको छ ? कुनै खुशीको दिन हो ? यस्तो बेलामा सतर्क हुनुहोस । साथीहरूबाट शुभकामनाका साथै भोजभतेरको आग्रह पनि आउन सक्छ । साथीहरूले भनेकै भरमा अनावश्यक खर्च गर्दा तपाईको पैसा धेरै खर्च हुन्छ । यस्तो अवस्थामा आफ्नो वास्तविक धरातल नबिर्सनुहोस । आवश्यक ठानेमा मात्र उचित पैसा खर्च गर्नुहोस । यस्ता क्षेत्रमा प्रयोग हुने पैसालाई बचत गर्न सकेमा भविष्यमा ठूलो आर्थिक समस्या सुल्झाउन सकिन्छ ।
आवश्यक सामानमात्र खरिद
श्रीमान–श्रीमती र साना छोराछोरीसँगै किनमेल गर्न जाँदै हुनुहुन्छ ? त्यसो हो भने बिचार पुर्याउनु होस् । तपाईंका छोराछोरीले बजारमा देखिने आकर्षक सबै वस्तु किन्न जिद्धी गर्न सक्छन् । उनीहरूको माग अनुसार किनमेल गर्दा धेरै खर्च हुन सक्छ । तपाईका बाल–बच्चा र श्रीमान–श्रीमतीको बढी ढिपी गर्ने बानी छ ? हो भने, किनमेलमा जाँदा उनीहरूलाईसँगै नलैजानुहोस । उनीहरुका लागि पनि आवश्यकता अनुसार आफैले सामान खरिद गर्नुहोस । नियमित रुपमा होटल तथा रेष्टुरेण्टमा खाना खाने बानी छ ? अव त्यसलाई कम गर्नुहोस । तपाईंले घरमै पनि राम्रा परिकार बनाएर खान सक्नुहुन्छ । घर बाहिर खानाका लागि जति खर्च लाग्छ । त्यसले तपाईको सम्पूर्ण परिवारलाई खान खुवाउन पुगेर पनि बचत हुन सक्छ । बाहिरको खानाको तुलनामा घरमै पकाएर खाँदा तपार्इंको स्वास्थ्य बिग्रने सम्भावना पनि कम हुन्छ । यसले स्वास्थ्य उपचार खर्च पनि कम हुन्छ ।
एकै ठाउँमा मात्र किनमेल
पैसा बचत गर्नका लागि तपार्इंले जहाँपायो त्यही किनमेल गर्न छोड्नु होस् । एकै ठाउँमा किनमेल गर्दा विक्रेतासँग राम्रो सम्बन्ध बन्ने भएकाले केही सस्तोमा सामान पाइन सक्छ । किनमेल गर्न जाँदा धेरै मोलतोल (बार्गेनिङ) गर्नुहोस् । वस्तुको परिमाण भन्दा गुणस्तरलाई ध्यान दिनुहोस । आज तपाईले किनेको गुणस्तरीय वस्तुले लामो समयसम्म त्यसको आवश्यकता टर्न सक्छ । यसो गर्दा तुरुन्तै उक्त वस्तु खरिद गर्ने आवश्कता हुदैन । परिणाम बचत वृद्धि हुन्छ ।
पैसाको महत्व
लामो समयसम्म फेला नपरेको/डुबेको तपाईको पैसा उठ्ती भएको छ ? चिट्ठा, उपहार मार्फत ठूलो रकम हात परेको छ । यदि हो भने, त्यसलाई सही सदुपयोग गर्नुहोस । त्यत्तिकै आएको त हो भनेर अनावश्यक खर्च नगर्नु होस् । तपाईले कसैलाई ऋण दिनु भएको छ भने समयमै उठाउनुहोस् । लामो समय भएपछि ऋण उठाउन अप्ठ्यारो पर्नसक्छ ।
आजैदेखि बचत
नियमित बचत गर्ने बानी आजैदेखि शुरू गर्नुहोस । आजको सानो बचतले पूँजी निर्माणमा ठूलो सहयोग हुन्छ । आज खर्च गर्दा भोलीको बारेमा पनि सोच्नुहोस । भोलीका लागि केही बचत गर्नुहोस । बचत बैंकिङ तथा वित्तीय संस्थामा गर्नुहोस् । त्यसो गर्दा बचत सुरक्षित हुनुका साथै ब्याज पनि पाइन्छ । यसरी संकलन भएको बचतबाटै बैंकले ऋण प्रवाह गर्ने भएकाले त्यसले आर्थिक गतिविधिमा पनि महत्वपूर्ण योगदान पुग्छ ।
देखासिखी नगर्नुहोस
अरुको देखासिखी गर्ने बानी धेरैमा हुन्छ । सबै अवस्थामा त्यस्तो बानी राम्रो हुदैन । अरुको देखासीखी गरी अनावश्यक/अनुत्पादक क्षेत्रमा खर्च नगर्नूहोस । आफ्नो क्षमता र आवश्यकताका आधारमा मात्र खर्च गर्नुहोस । ‘अरु घोडा चढे भन्दैमा आफु धुरी चढ्ने’ गल्ति नगर्नुहोस । यही बानीले पनि धेरै रकम बचत गर्न सकिन्छ ।
नियमित बचत
नियमित बचत गर्ने बानीले पनि ठूलो रकम जम्मा गर्न सकिन्छ । कर्मचारी संचयकोष, नागरिक लगानीकोष, बिमा, बैंक तथा वित्तीय संस्थामा बचत गर्नु राम्रो हो । यस्ता बचतले व्यक्तिको हातमा नगद कम हुने भएकाले अनावश्यक खर्च नियन्त्रण हुन्छ ।
अन्त्यमा, पैसा जोगाउन सजिलो छ । त्यसकालागि तपाईंको दृढ इच्छाशक्ति चाहिन्छ । प्रत्येक पटक खर्च गर्नु अघि एक पटक सोच्नुहोस । तपाई कहाा र किन खर्च गर्दै हुनुहुन्छ ? त्यसको उपयोगीता के र कति छ ? यत्ति कुरामा मात्र ध्यान दिन सक्नुभयो भने छिट्टै तपाईंले सोचेको भन्दा बढी बचत गर्न सफल हुनुहुनेछ ।
साभार : कान्तिपुर
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
