२२ कात्तिक २०८३, आईतवार

बारा बचत संघको अध्यक्षमा सत्यन्द्र ठाकुर निर्वाचित

२०७३ माघ ९, आईतवार
बारा बचत संघको अध्यक्षमा सत्यन्द्र ठाकुर निर्वाचित

bachat sang bara

बारा । बारा बचत तथा ऋण सहकारी संघ लिमिटेडको अध्यक्षमा सत्यन्द्र ठाकुर निर्वाचित भएका छन् ।

शनिवार मनहर्वामा भएको संघको निर्वाचनबाट ठाकुर प्रतिद्वन्दी भोलाप्रसाद गौतमलाई ८ मतलेपछी पार्दै तीनबर्षे कार्यकालका लागी संघको अध्यक्ष बनेका छन् । गौतम र ठाकुर प्यालन नै बनाएर चुनावमा सहभागी भएका थिए । गौतम प्यानबाट सहसचिब १,सदस्य १ र लेखा समिति सदस्य १ गरी ३ जना बाहेक बाँकी सबै ठाकुर प्यानलले जितेको छ ।

उपाध्यक्षमा ठाकुर प्यानलका विनोद कुमार बरैले गौतम प्यानलका शम्भु रामलाई ९ मतको अन्तरले पराजित गरेका छन् । त्यसैगरी सचिवमा ठाकुर प्यानलका निप्पु कुमार र सहसचिबमा गौतम प्यानलका राजु प्रसाद अधिकारीले ६५ र ६१ मत ल्याएर निर्वाचित बनेका छन् ।

सदस्यहरुमा ठाकुर प्यानलबाट अंगद सहनी ७२, गिता देवी ६५, जयमाला चौधरी ७१, जितेन्द्र प्रसाद यादव ६६, विश्वनाथ साह रौनियार ६२, सिलादेवी जैसवाल ६२ निर्वाचित भएकाछन् । भने गौतम् प्यानलका एकमात्र सदस्यमा शालिकराम अधिकारी ५८ मतले विजयी बनेका छन् ।

लेखा समितिको संयोजकमा ठाकुर प्यानलका गोविन्द प्रसाद पुडासैनीले प्रत्यासी मुकुन्द बहादुर क्षेत्रीलाई पछी परेका छन् । पुडासैनीले ६४ र क्षेत्रीले ५५ पत पाएका छन् ।
त्यस्तै लेखा समिति सदस्यहरुमा बनारसी साह ६१ र मकुन्द सापकोटा ५८ मतले विजयी बनेका छन् ।

विहान ११ बजेबाट सुरु भएको मतदानमा १२६ वटा बचत सहकारीका प्रतिनिधिहरु सहभागी भएका थिए । संसदिय निर्वाचकै झल्को दिनेगरी भएको निर्वाचनमा गौतमलाई माओवादीकेन्द्र र एमालेले त्यस्तै ठाकुरलाई काँग्रेस र मधेशबादी दलले साथ दिएका थिए ।

१२ सदस्य संचालक एवं ३ सदस्य लेखा समितिकालागी २९ जना उमदवार निर्वाचनमा सहभागी बनेका थिए । संघको कार्तिक २५ गते बसेको ७औं बार्षिक साधारणसभाले संचालक समिति चयन गर्न नसकेपछी निर्वाचनबाट निकास निकालिएको हो ।

अभिलेख

लोकप्रिय