२२ कात्तिक २०८३, आईतवार

बैंक तथा वित्तीय संस्थाबाट कर्जा नपाएको सहकारीको गुनासो

२०७३ माघ ४, मङ्गलबार
बैंक तथा वित्तीय संस्थाबाट कर्जा नपाएको सहकारीको गुनासो

sahakari karmi

चितवन । देशभरका सहकारी संघ संस्थाहरुको एक मात्र बैंकका रुपमा रहेको राष्ट्रिय सहकारी बैंक लिमिटेडको शाखा चितवनमा तत्काल सञ्चालन गर्न चितवनका सहकारीकर्मीहरुले माग गरेका छन् ।

चितवनका सहकारीहरुको ३ अर्ब भन्दा बढी रकम अन्य बैंक तथा वित्तीय संस्थामा रहेको र सहकारीहरुले अन्य बैक तथा वित्तीय संस्थाबाट कर्जा नपाउने अवस्थाको अन्त्यका लागि सहकारी बैंक आवश्यक रहेको सहकारीकर्मीहरुको भनाइ छ । जिल्ला सहकारी संघ चितवन र प्रभात दिदी बहिनी वचत तथा ऋण सहकारी संस्थाको संयोजनमा आयोजित राष्ट्रिय सहकारी बैंक सम्बन्धि अन्तरक्रिया कार्यक्रममा सहभागी सहकारीकर्मीहरुले यस्तो माग गरेका हुन् ।

कार्यक्रममा बैंकको संक्षिप्त परिचय दिदै बैंकका सञ्चालक रामबहादुर जिसीले सदस्य सहकारी संघ संस्थाहरुको वित्तीय व्यवस्थापनका साथ सहकारी शिक्षा, सुशासन लगायत प्रविधिका क्षेत्रमा बैंकले सहयोग पु¥याउने बताए ।

अभिलेख

लोकप्रिय