२२ कात्तिक २०८३, आईतवार

मनासलु बहुउद्देश्यीय सहकारीको अध्यक्षमा पुन: राजेन्द्र पौडेल

२०७३ पुष २६, मङ्गलबार
मनासलु बहुउद्देश्यीय सहकारीको अध्यक्षमा पुन: राजेन्द्र पौडेल

manasalu

काठमाडौं । ललितपुरमा रहेको मनासलु बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्षमा पुन राजेन्द्र पौडेल निर्वाचित भएका छन् ।

हालै सम्पन्न संस्थाको १७ औं बार्षिक साधारणसभाले नयाँ सञ्चालक समिति एवं लेखासमिति समेत निर्वाचित गरेको छ । नवनिर्वाचित उपाध्यक्षमा दिपराम महर्जन, सचिवमा अर्चना अमात्य, कोषाध्यक्षमा मीना ताम्राकार र सदस्यहरुमा राजेशकुमार महर्जन, सानुछोरी महर्जन, रिता गजुरेल, अक्कलदास महर्जन र दुर्गामान महर्जन रहेका छन् ।

संस्थाको लेखासमिति संयोजकमा जीवन महर्जन र सदस्यहरुमा अरुणा अमात्य र तेजबहादुर पौडेल चयन भएका छन् ।

सभामा उत्कृष्ट बचतकर्ता, ऋणी, संस्थापक सदस्य र विशिष्ट श्रेणीमा उतीर्ण हुने विद्यार्थीहरुलाई सम्मान गरिएको थियो । संस्थाको चालु आवको मंसीर मसान्तसम्म ४ करोड २० लाख शेयरपूँजी, ३४ करोड बचत संकलन र ३१ करोड कर्जा लगानी रहेको छ । सभाले ५ प्रतिशत नगद लाभांश र १० प्रतिशत संरक्षित पूँजीकोषबाट बितरण गर्ने निर्णय समेत पारित गरको छ ।

अभिलेख

लोकप्रिय