एनपिटिसी लिमिटेडको २३ औं वार्षिकोत्सव सम्पन्न

काठमाडौं । बहुउद्देश्यीय संस्थाको रूपमा २३ वर्ष अघि स्थापना भएको एनपिटिसी (नेपाल प्रिन्टर्स एण्ड ट्रेर्डस सहकारी) लिमिटेडले पुस २२ गते आफ्नो २० औं साधारण सभा तथा २३ औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ ।
सरस्वतीनगर स्थित आफ्नै कार्यालय भवन परिसरमा सम्पन्न भएको कार्यक्रमको पुर्व गृह राज्य मन्त्री, राष्ट्रिय सहकारी संघ लिमिटेडका पूर्व अध्यक्ष दीपकप्रकाश बाँस्कोटाले प्रमुख आतिथ्यता रहेको थियो । उक्त कार्यक्रममा संस्थाका अध्यक्ष मित्रसेन दाहालले आ.व. २०७२/०७३ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सहकारीका सदस्यहरूले सधैँ सञ्चालकहरूको कुरामात्र सुन्ने तर सदस्यहरूको कुरा कम सुन्ने प्रचलनलाई परिवर्तन गरी सदस्य र सञ्चालकहरूका बीचमा घनीभुत रूपमा छलफल गरेर शेयर सदस्यहरूको हितमा काम गर्ने योजना आफुहरूले लिएको बताए ।
आगामी दिनमा संस्थाले सदस्यहरूको सहभागिता बढाउँदै लैजानेमा जोड दिँदै सदस्यहरूले पनि संस्थाको सुधारका लागि अझ बढी सक्रियता बढाउनुपर्ने धारणा राखे । दाहालले क्षमता अनुसारको काम गर्नका लागि संस्थालाई तरलता र निक्षेपको अभाव नभएको बताउँदै निक्षेप कर्ताको विश्वास जित्न संस्था सफल भएको दाबी गरे । संस्थाको अधिक मात्रामा अचल पुँजी रहेको प्रति संकेत गर्दै उनले यसै वर्षबाट संस्थाले आफ्नो नाममा रहेको अचल पुँजीलाई राष्ट्रिय सहकारी बैंकमा धितो राखी ऋण लिने र उक्त ऋणलाई भविष्यमा उत्पादनशील क्षेत्रमा लगानी गर्ने योजना समेत अगाडि बढाइसकेको जानकारी गराए ।
यस संस्थाले आफ्नो स्थापना कालदेखि नै नाफाको केही अंशलाई मुद्दतीको रूपमा राखी त्यसबाट प्राप्त व्याजले हरेक वार्षिक उत्सवमा एनपिटिसी पुरस्कार तथा सम्मान वितरण गर्दै आएको छ । यस वर्ष पनि विगतका वर्षहरूमा जस्तै आफ्नो क्षेत्रबाट समाज तथा राष्ट्रलाई विशेष योगदान पु¥याउँदै आएका व्यक्ति तथा संस्थाहरूलाई पुरस्कार तथा सम्मान गर्ने कार्यक्रम गरेको छ । जस अनुसार ज्येष्ठ नागरिकको क्षेत्रमा योगदान पु¥याउने श्री निसाहय सेवा सदन, वानेश्वर काठमाडौं, कृषि क्षेत्रमा योगदान पु¥याए वापत कृषि विशेषज्ञ डा. लिला वहादुर कार्की, शैक्षिक उन्नयनमा योगदान पु¥याए वापत श्री सगरमाथा एजुकेशनल एकेडेमी सरस्वतीनगर पत्रकारिता तथा मानव अधिकारको क्षेत्रमा योगदान पु¥याए वापत वरिष्ठ पत्रकार एवम् मानव अधिकारकर्मी प्रा. श्री पुरुषोत्तम दाहाल लगायतका व्यक्तित्वहरू पुरस्कृत तथा सम्मानित भएका थिए ।
त्यसैगरी सस्थाको पुर्व सञ्चालक डिल्लीप्रसाद दाहाल, लेखा समितिका पूर्व संयोजक अम्बिका सुवेदी, नियमित वचत कर्ता राजनप्रसाद पौडेल र संस्थागत वचत कर्ता सज्जन महिला वचत तथा ऋण सहकारी संस्था लिमिटेड, खुत्रुके वचतमा निमित वचत गर्नुहुने सीता गौतम, असल ऋणी पुरुषका तर्फबाट श्री सोनाम ग्याल्वो तामाङ, असल ऋणी महिलका तर्फबाट जयन्तीदेवी खत्री (कार्की), शेयर सदस्य मध्येबाट ज्येष्ठ सदस्य शिक्षासेवी ९५ वर्षीया श्री चन्द्रकुमारी श्रेष्ठ, अतिरिक्त क्षमता भएका शेयर सदस्य श्री पासाङ शेर्पा र कर्मचारीतर्फ उत्कृष्ट कार्यसम्पादन गर्ने कर्जा अधिकृत गान्धर्वराज पौडेललाई समेत पुरस्कार सहित प्रशंसापत्र प्रदान गरिएको थियो ।
प्रकाशित मिति : २०७३ पुस २५
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
