बागलुङ र म्याग्दीका दुई सहकारी अस्पतालबीच एकीकरण

म्याग्दी । ग्रामिण क्षेत्रका जनतालाई विशेषज्ञ सेवा सहित एक सय शैयाको अस्पतालबाट सेवा सु्विधा दिने लक्ष्यका साथ बागलुङ र म्याग्दीका दुई निजी तथा सहकारी अस्पताल एकीकरण भएका छन् ।
धौलागिरि सञ्जिवनी स्वास्थ्य सहकारी संस्था लिमिटेड बागलुङमार्फत सञ्चालित निलगिरि अस्पताल र बेनीको न्युरोडमा सञ्चालित बेनी हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिबीच एकीकरण गरिएको हो । निलगिरी अस्पतालका अध्यक्ष राम शर्मा र बेनी हस्पिटलका अध्यक्ष शिवकुमार श्रेष्ठले सम्झौता पत्रमा संयुक्तरुपमा हस्ताक्षर गरेपछि दुवै अस्पताल एकीकरण भएको घोषणा गरिएको थियो ।
२४ शैयाको निलगिरि र २५ शैयाको बेनी हस्पीटलबीच एकीकरण पश्चात दुवै अस्पतालको स्वामित्व धौलागिरि सञ्जिवनी स्वास्थ्य सहकारी संंस्था लिमिटेडमा रहने र दुवै जिल्लामा अस्पताल सञ्चालन हुने पुस २२ गते आयोजित एकीकरण घोषणासभामा जानकारी दिइएको छ । निलगिरि अस्पतालबाट सञ्चालन हुदै आएका विशेषज्ञ सेवाहरु स्त्री तथा प्रसुती रोग र हाडजोर्नी लगायतका सेवाहरुलाई अबदेखि बेनी बजारबाट समेत सञ्चालन गरिने जानकारी दिइएको छ । दुई अस्पतालको एकीकरणपछि थप विशेषज्ञ सेवा विस्तार गरिने निलगिरि अस्पतालका मेडिकल निर्देशक डा.गोविन्द गौतमले जानकारी दिए ।
धौलागिरि अञ्चलमा १ सय शैया क्षमताको सुविधा सम्पन्न अस्पताल निर्माण गरी धौलागिरिवासीलाई सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा र स्वास्थ्य शिक्षा दिने दिर्घकालीन योजनाका साथ दुई अस्पताल एकीकरण गरी अघि बढेको धौलागिरि सञ्जीवनी स्वास्थ्य सहकारी संस्थाका सचिव एवं राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसीले बताए । धौलागिरि अञ्चल कार्यक्षेत्र भएको धौलागिरि सञ्जिवनी स्वास्थ्य सहकारी संस्थाले बागलुङ र म्याग्दी सहित पर्वत र मुस्ताङ तथा यि जिल्लाका अन्य व्यापारिक क्षेत्रमा समेत शाखा विस्तार गरी स्वास्थ्य सेवा सञ्चालन गर्ने लक्ष्य लिइको छ ।
५ वर्षे कार्ययोजना बनाई यो क्षेत्रकै व्यवस्थित र प्रभावकारी स्वास्थ्य संस्थाका रुपमा अगाडि बढाउन लागिएको जिसीले जानकारी दिनुभयो । उनले सहकारी मार्फत स्वास्थ्य सेवा दिन सकिन्छ भन्ने उदाहरण प्रस्तुत गर्नका लागि २ सय भन्दा बढी शेयर सदस्यहरु जुटेको र एक वर्ष भित्र ५ सय जना शेयर सदस्य पु¥याउने लक्ष्य रहेको बताए ।
प्रकाशित मिति : २०७३ पुस २४
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
