२२ कात्तिक २०८३, आईतवार

युवा विकासले गर्यो एक बर्षमै १० करोड बढीको कारोबार

२०७३ पुष २३, शनिवार
युवा विकासले गर्यो एक बर्षमै १० करोड बढीको कारोबार

youth-bikash

काठमाडौं । न्युरोडमा रहेको युवा विकास बहुउद्देश्यीय सहकारी संस्थाको प्रथम बार्षिक साधारणसभा सम्पन्न भएको छ । प्रथम साधारणसभामा बोल्दै सहकारी हक हित राष्ट्रिय समाजका सचिव ऋषि राम ढकालले सहकारीका कार्यक्रम उत्पादनमुखी हुनुपर्नेमा जोड दिए ।

उनले सहकारीले सबै तहतप्काका नागरिकहरुको आर्थिक एवम् सामाजिक समृद्धिका लागि सहयोग गर्ने बताए । सहकारीका अध्यक्ष किसन राई (एलाईभ ग्लाईडर)को अध्यक्षतामा भएको साधारणसभामा अध्यक्ष र लेखा समितिको प्रतिबेदन प्रस्तुत गर्दै आर्थिक वर्ष ०७२/०७३ मा संस्थाको तर्फबाट सम्पादित आर्थिक कारोवारको विवरण प्रस्तुत गरेका थिए ।

साधारण सभाले सहकारीको विभिन्न क्षेत्रमा रहेर उत्कृष्ट योगदान दिनेलाई सम्मान पनि गरेको थियो । यसरी सम्मानित हुनेमा स्टाफ अर्फ द इयरबाट, आस्मा बिष्ट, बेस्ट निक्षेपकर्ताबाट सौरभ चिरनिया, उत्कृष्ठ ऋणि डोल्ला शेर्पा तामाङ, बेस्ट सपोटर अर्फ इयरबाट गणेश राई लगायतलाई सम्मान गरिएको थियो ।

सभामा बोल्दै अध्यक्ष राईले आगामी वर्ष सदस्य वृद्धिका लागि विशेष कार्यक्रम ल्याउने तयारी रहेको बताउँदैै युवाहरुलाई रोजगारी सृजना गर्नमा सहकारी लागेको बताए । उनले सबैको साथ सहयोगबाट सहकारीले एक बर्षमा १० करोड बढीको कारोबार गर्न सफल भएको पनि बताए ।

अभिलेख

लोकप्रिय