मौसम सहकारीको ७औँ साधारणसभा सम्पन्न, अध्यक्षमा पुनः आचार्य
काठमाडौं । मौसम बचत तथा ऋण सहकारी संस्थाको सातौँं बार्षिक साधारण सभा सम्पन्न भएको छ । सस्थाको शनिवार सम्पन्न सभाको राष्ट्रिय सहकारी संघका सञ्चालक दक्ष पौडेल(सु्वास)ले उद्घाटन गरे । उद्घाटन कार्यक्रममा बोल्दै पौडेलले सहकारी दिगो आर्थिक विकासको मेरुदण्ड भएको बताए । सहकारी क्षेत्रको दिगो विकासका लागि सदस्यहरु जागरुक हुनुपर्नेमा उनको भनाई थियो ।
अहिले एक दुई सहकारीको बदमासीका कारण सिंगो सहकारी क्षेत्र बदनाम बन्न पुगेकोमा दुख व्यक्त गर्दै सहकारी क्षेत्रमा स्वःनियमन अत्यावश्यक रहेको पौडेलले बताए । सभामा प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका अध्यक्ष लक्ष्मण आचार्यले संस्थाको मुख्य उद्देश्य वित्तिय सेवा प्रदान गर्नु र सदस्यहरुलाई सेवाको पहुँच वृद्धि गर्नु रहेको बताए । हाल ५० लाख २० हजार शेयर पुँजी रहेको संस्थाले ४७ लाख ३६ हजार ८ सय ३२ रुपैयाँ निक्षेप संकलन गर्न सफल भएको सो सभामा जानकारी दिइयो ।
अध्यक्षमा पुनः लक्ष्मण आचार्य
मौसम बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पुनः लक्ष्मण आचार्य निर्वाचित भएका छन् । शनिवार सम्पन्न संस्थाको सातौँ बार्षिक साधारण सभाले निर्विरोध निर्वाचित गरेको हो । यस्तै उपाध्यक्षमा जुद्ध बहादुर गुरुङ्ग, सचिवमा दुर्गादक्त शर्मा , कोषाध्यक्षमा इन्दिरा कुमारी शर्मा र सदस्यहरुमा क्रमशः नरायण रेग्मी , रेखा शर्मा (सापकोटा) देवि देवकोटा रहेका छन् । यस्तै लेखा समितिको संयोजकमा नारायण प्रकाश श्रेष्ठ, र सदस्यहरुमा क्रमश बिष्णु थापा कृष्ण प्रसाद सुवेदी रहेका छन् ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
