नेशनल नमोबुद्धले दियो ६० जनालाई लघुवित्त तालिम

काठमाडौं । नेशनल नमोबुद्ध बचत तथा ऋण सहकारी संस्थाले लघुवित्त सम्बन्धी एक दिने तालिम सम्पन्न गरेको छ ।
संस्थाले सञ्चालक समितिका सदस्य देखि आफ्ना शेयर सदस्यलाई लघुवित्तकोबारेमा जानकारी गराउने उदेश्यका साथ सो तालिम सञ्चालन गरेको हो ।
संस्थाका सञ्चालक राजकुमार लामाले सदस्यलाई लघुवित्तकोबारेमा जानकारी दिनका लागि तालिम सञ्चालन गरेको बताए । संस्थाको आर्थिक कारोबारको अवस्थाको बारेमा जानकारी गराउने उदेश्यले ६० जनालाई एक दिने तालिम दिएको उनले जानकारी दिए । तालिममा हरेक सञ्चालक समिति सदस्यले गर्ने जिम्मेवारी र काम कर्तव्यका बारेमा समेत जानकारी गराइएको थियो । तालिममा संस्थाको वर्तमान अवस्था, नयाँ कार्यक्रम लगायतका अन्य विषयमा समेत जानकारी दिईएको थियो ।
छोटो समयमा सफलता हासिल गरेको यस संस्थाले शेयर सदस्यलाई लक्षित गर्दै विभिन्न कार्यक्रम संचालन गर्दै आएको छ । ऋण परिचालन गरी शेयर सदस्यको जीवनस्तर सुधार गर्दै आएको यस संस्थाले समय –समयमा सामाजिक कार्य समेत गर्दै आएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
