२२ कात्तिक २०८३, आईतवार

दिगो पर्यटन सहकारीले होटल, ट्राभल एजेन्सी संचालन गर्ने

२०७३ पुष २३, शनिवार
दिगो पर्यटन सहकारीले होटल, ट्राभल एजेन्सी संचालन गर्ने

digo-paryatan-co-operative

काठमाडौं । सोह्रखुट्टे स्थित दिगो पर्यटन सहकारी संस्थाले सदस्यहरुलाई १० प्रतिशत लाभांश दिने भएको छ । शनिबार सम्पन्न संस्थाको ६ औं बार्षिक साधारणसभाले १० प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको हो ।

साधारणसभाले काठमाडौ नयाँबजारमा पुरानो गार्डेनको ५ आना जग्गा खरिद गरेर आफ्नै कार्यालय भवन बनाउने निर्णय गरेको छ । संस्थाले सहकारीकै नाममा होटल, ट्राभल एजेन्सी, र्याफ्टिङ, ट्रेकिङका कार्यक्रमहरु अगाडि बढाउने निर्णय समेत गरेको संस्थाका अध्यक्ष चन्द्रप्रसाद रिजालले जानकारी दिए । संस्थाले गत आर्थिक बर्षमा २३.२१ प्रतिशतले सेयर पुँजी वृद्धि गरेको छ । त्यस्तै सहकारीले २०१८ लाई नेपाल पर्यटन वर्ष मनाउन सन् २०१७ मा साहसिक पर्यटकीय खेलहरुको आयोजना गर्ने भएको छ ।

सहकारीले संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत १० लाख रुपैंयाको दैवी प्रकोप राहतकोष अर्थात् बिनाश तथा आकस्मिक कोषको व्यवस्था गरेको छ । यसअघि ५ लाखको कोषको व्यवस्था रहेको थियो । साथै संस्थाले आफ्ना सेयर सदस्यहरुको कार्यक्षमता र व्यवसायीक क्षमता वृद्धी गराउन समय समयमा आवश्यक तालिम कार्यक्रमहरु अगाडि बढाउने निर्णय भएको अध्यक्ष रिजालले जानकारी दिए ।

अभिलेख

लोकप्रिय