१ सय सहकारीलाई डिभिजनको पत्र, किन काटियो पत्र ?
बारा । डिभिजन सहकारी कार्यालय बाराले १ सय निश्कृय सहकारी संस्थाहरुलाई ३५ दिने पत्र काटेको छ । लामो समयबाट कार्यालयको सम्पर्कमा नआउने सहकारी संस्थाहरुलाई सम्पर्कमा आउन अन्यथा संस्था खारेजी भईजाने ब्यहोरा लेखिएको कडापत्र काटिएको हो ।
बार्षिक लेपापरिक्षण नगर्नेे, मासिक प्रतिवेदन नबुझाउने र साधारणसभा समेत नगरी डिभिजन सहकारीको सम्पर्कमा नआउने सहकारीहरुलाई खारेजी गर्ने प्रकृया अनुरुप पत्रकाटिएको सहकारी कार्यालय बारा प्रमुख कुलोतम् प्रसाद पोखरेलले जानकारी दिए । यसरी पत्र काटिएका सहकारी संस्थाहरु तोकिएको समयमा कार्यालयले मागेका विवरण लिएर सम्पर्कमा नआए त्यस्ता संस्थाहरु सहकारी ऐन २०४८ को दफा ४१ बमोजिम निश्कृय करारगरी खारेजी गर्ने कानुनी प्रकृया अगाडी बढाईने प्रमुख पोखरेलले जानकारी दिए ।
जिल्लामा दर्ता भएका कुल ७ सय ७५ सहकारी संस्थाहरु मध्य ३४ प्रतिशत सहकारीहरु मात्रै विधिवत संचालनमा रहेका छन् । विभिन्न समयमा सरकारी सहायतको प्रहललोभनमा दर्ता भई हाल निश्कृय दुईसयको हाराहारीमा रहेका सहकारी यसैबर्ष खरेज गरिने समेत पोख्रेलले बताए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
