नेशनल को–अपरेटिभमा नयाँ सञ्चालक

काठमाडौं । नेशनल डेभलपमेण्ट कोअपरेटिभ लि. को १९औं वार्षिक साधारणसभा बुधबार सम्पन्न भएको छ । जिल्ला सहकारी संघ ललितपुरका अध्यक्ष माधव दुलालको प्रमुख आतिथ्यमा सम्पन्न सभामा संस्थाका कार्यकारी अध्यक्ष राजशहरि जोशीले आ.व. २०७२/७३ को वासलात, नाफानोक्सान हिसाब र नगद प्रवाह विवरण सभामा पेश गरेका थिए ।
आ.व. २०७२÷७३ को अन्त्यसम्म संस्थाको प्राथमिक पूँजी कोष ४ करोड ३८ लाख १७ हजार, चुक्तापूँजी २ करोड ६२ लाख ७० हजार, निक्षेप ६७ करोड ५ लाख र लगानी ६७ करोड ४८ लाख रहेको जानकारी उनले सभामा दिए । सोही अवसरमा संस्थाले ज्येष्ठ नागरिक, उत्कृष्ट ऋणी, असल निक्षेपकर्तालाई सम्मान समेत गरेको छ । संस्थाले सदस्यहरुलाई मेडिकल इन्स्योरेन्स र एसएमएस बैंकिङ लगायतका सेवा प्रदान गर्दै आएको छ ।
साधारणसभाबाट आगामी ५ वर्षे कार्यकालका लागि नयाँ सञ्चालक समिति पनि चयन भएको छ । संस्थाको सञ्चालकमा राजेशहरि जोशी, रविन्द्रमान जोशी, नृपकृष्ण कर्माचार्य, प्रधनलाल जोशी, विन्दु बहादुर जोशी, मृगेन्द्र राज शर्मा, रमिला जोशी, राजु दली, र सागरलाल अमात्य सर्वसम्मत चयन भएका छन् । त्यसैगरी लेखासमिति संयोजकमा रविन्द्र प्रसाद नेमकुल र सदस्यहरुमा देवेन्द्रलाल प्रधान र मीना नकर्मी चयन भएका छन् ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
