सरकारी, सहकारी र निजी क्षेत्रको संयुक्त प्रयत्नबाट मुलुकको विकास गतिशील : अर्थमन्त्री

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले सरकारी, सहकारी र निजी क्षेत्रको संयुक्त प्रयत्नबाट मुलुकको विकास गतिशील हुने बताएका छन् ।
राष्ट्रिय सहकारी संघले आयोजना गरेको राष्ट्रिय कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उहाँले नेपालको संविधान, २०७३ ले सार्वजनिक, निजी र सहकारी क्षेत्रको सहभागिता र स्वतन्त्र विकासमार्फत राष्ट्रिय अर्थतन्त्र सुदृढ गर्ने परिकल्पना गरेको बताए ।
उपप्रधानमन्त्री महराले आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिक रुपान्तरणको मियो बनेका सहकारी संस्थाले ‘सुतखारी’ र ‘ढिकुटी’ जस्ता सामन्ती प्रथाको जरो उखेल्नुका साथै विश्वमा कीर्तिमान समेत राखेको बताए । दुई दिनसम्म सञ्चालन हुने उक्त गोष्ठीमा उनले ठूलो पुँजीले भन्दा स–सानो पुँजीको एकीकरणबाट दिगो विकास गर्न सहकारी मेरुदण्ड सावित हुने धारण राखे ।
रक्षामन्त्री बालकृष्ण खाँणले नेपाली राजनीतिमा शुद्धीकरणको अभियन्ता सहकारीकर्मीहरु भएको धारण व्यक्त गरे । उनले सहकारी अगुवासँग व्यवस्थापकीय क्षमता, लगनशीलता र अर्थको राम्रो समायोजन गर्न सक्ने सीप र दक्षता भएकाले उनीहरुलाई स्थानीय निकायको जिम्मेवारी दिनु आजको आवश्यकता रहेको बताए । रक्षामन्त्री खाँणले शान्ति, समृद्धि र गाउँको विकासका लागि सहकारी संस्थाको अग्रणी भूमिका रहेको बताउँदै मुलुकको अर्थतन्त्र चलायमान बनाउन, महिलाको सशक्तीकरण गर्न र नेतृत्व क्षमता विकास गर्न सहकारीको महत्वपूर्ण भूमिका रहेको बताए ।
गोष्ठीमा मुलुकभरिका विभिन्न क्षेत्रका विषयगत सहकारी संस्थाका ३०० व्यक्तिको सहभागिता छ । उक्त गोष्ठीमा नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा युवराज खतिवडा, सहकारी ज्ञाताहरु सुरेश प्रधान, डा राजु अधिकारी, रमेश बडाल, सभासद् ओमदेवी मल्ल दीपक बास्कोटालगायतले सहकारीसम्बन्धी विभिन्न कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
