२२ कात्तिक २०८३, आईतवार

सितापाईला बहुउद्देश्यीय सहकारीको १७ औँ साधारणसभा सम्पन्न

२०७३ पुष १७, आईतवार
सितापाईला बहुउद्देश्यीय सहकारीको १७ औँ साधारणसभा सम्पन्न

sitapaila

काठमाडौं । सितापाईला बहुउद्देश्यीय सहकारी संस्थाको १७ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

साधारण सभाको उद्धघाटन् संस्थाका ९७ वर्षिय सदस्य् बसन्त कुमार शर्माले गरेका थिए । शर्मा, वृहत नेपाली शब्दकोषका लेखक हुन् । सभामा संस्थाका अध्यक्ष केदार मानन्धरले संचालक समीतको तर्फबाट प्रतिवेदन पेस गरेका थिए । अध्यक्ष मानन्धरले सदस्यलाई ११ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरे । संस्थाले ६५ करोड निक्षेप संकलन गरी ५२ लाख कर्जा प्रवाह गरेको छ । संस्थाको शेयर पुँजी ४ करोड ५० लाख पुगेको छ । संस्थाको ५ हजार ६ सय सदस्य छन् । त्यसमध्ये चार भन्दा बढी सदस्यको साधारणसभामा उपस्थित थियो ।

संस्थाले आफ्ना सदस्यका उत्कृष्ट साहित्यकारमा वरिष्ठ साहित्यकार रमेश खकुरेल, उत्कृष्ट गायकमा सूर्य तुलुङलाई सम्मान गरेको थियो । त्यस्तै उत्कृष्ट महिला समूहतर्फ दहचोक महिला समूह र ह्याङ्ला महिला समूह सम्मानित भएका छन् । प्रमुख अतिथिको रुपमा कार्यक्रममा बोल्दै संस्थाका जेष्ठ सदस्य बसन्तकुमार शर्माले सहकारीले सबै वर्गलाई समेट्न सकेकोमा खुसी व्यक्त गरे ।

अभिलेख

लोकप्रिय