२२ कात्तिक २०८३, आईतवार

सहकारी बैंकका सञ्चालक जिसी सम्मानित

२०७३ पुष १६, शनिवार
सहकारी बैंकका सञ्चालक जिसी सम्मानित

gc

बागलुङ । राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसीलाई बलेवा एकता वचत तथा ऋण सहकारी संस्था लिमिटेड नारायणस्थान बागलुङले शनिवार सम्मान गरेको छ ।

२ दशकदेखि सहकारी क्षेत्रको प्रवद्र्धन क्रियाशिल रहँदै सहकारीप्रति जनतालाई आकर्षण गराउन महत्वपूर्ण योगदान पु¥याएको भन्दै जिसीलाई सम्मान गरेको हो । संस्थाको छैठौ वार्षिक साधारणसभाका अवसरमा अध्यक्ष ढुण्डीराज शर्मा, उपाध्यक्ष दिपेन्द्र खड्का लगायत पदाधिकारीहरुले दोसल्ला ओढाएर सम्मान पत्र सहित जिसीलाई सम्मान गरेका थिए ।

निरन्तर रुपमा सहकारी अभियानमा क्रियाशिल भई जिल्ला तथा केन्द्रमा समेत सहकारी अभियानको नेतृत्वदायी भूमिका निर्वाह गरेकाले जिसीलाई सम्मान गरिएको संस्थाका सचिव भरत पौडेलले जानकारी दिए ।

अभिलेख

लोकप्रिय