यी हुन् सहकारीका समस्या तथा चुनौतीहरु
सहकारी क्षेत्रको विकासका लागि विगतमा धेरै प्रयासहरू गरिएको भएता पनि अपेक्षित उपलब्धि हासिल हुन सकेको छैन । राष्ट्रिय सहकारी नीतिको तर्जुमा हुन नसक्दा सहकारी क्षेत्रको बहुआयामिक विकासका लागि स्पष्ट मार्ग चित्रको अभाव रहेको थियो ।
प्रचलित सहकारी ऐनमा समय सापेक्ष परिमार्जन हुन नसकेकोले सहकारी संघ संस्थाहरूको दर्ता, सञ्चालन, अनुगमन र नियमनसम्बन्धी कार्यहरूमा प्रभावकारिता ल्याउन सकिएको छैन । स्वःनियमनको अभ्यासका लागि हालका व्यवस्थाहरु प्रभावकारी नभएकोले सहकारीमा सुशासन सुनिश्चित गर्न सकिएको छैन । वित्तीय कारोवार गर्ने सहकारी संघ/संस्थाहरु र सहकारी बैंकका लागि स्पष्ट कानूनी व्यवस्था हुन नसक्दा सहकारी मार्फत हुने वित्तीय कारोवारलाई व्यवस्थित, सुरक्षित र भरपर्दो बनाउन कठिनाई भएको छ । मुलुकमा सहकारीको प्रवद्र्धनका लागि आवश्यक पर्ने औपचारिक सहकारी शिक्षा, तालिम तथा व्यवस्थित सहकारी सूचना प्रणालीको उपयुक्त विकास हुन बाँकी नै छ । सहकारी क्षेत्रलाई दिइने अनुदान, ऋण र कर छुटका सुविधाहरूका विषयमा नीतिगत स्पष्टताको खाँचो छ । उत्पादनशील क्षेत्रहरुमा सहकारीको योगदान बढाउन नसक्दा स्वरोजगारमूलक वातावरण सिर्जना हुन नसकी श्रम शक्ति तथा प्रतिभाहरु पलायन हुने क्रम न्यून गर्न सकिएको छैन । क्षेत्रगत नीति र कार्यक्रमहरुको अभावमा तुलनात्मक लाभका उद्योग व्यवसायहरुमासहकारी पद्धतिको उपयोग हुन सकेको छैन । सहकारी क्षेत्रको विकास र विस्तारका लागि प्रशासनिक जिम्मेवारी बोकेको सहकारी विभागको संस्थागत सुदृढीकरण हुन सकेको छैन । हाल पनि ३७ जिल्लाहरुमा सहकारी कार्यालयहरुको स्थापना नभएकोले त्यस भेगका जनताहरुलाई सहकारी सम्बन्धी राज्य प्रदत्त सेवा प्राप्त गर्न कठिनाई भइरहेको छ ।
सहकारीका विभिन्न तहका संघहरूले सहकारी क्षेत्रको विकास, व्यवस्थापन र व्यवसायलाई प्रवद्र्धन गर्ने काममा प्रभावकारी भूमिका निर्वाह गर्न नसकिरहेको अवस्था छ ।
राष्ट्रिय सहकारी नीति, २०६९
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
