शिव शंकर र ओम ज्योती मर्ज भइ एकीकृत कारोबार

काठमाडौं । काठमाडौंको जोरपाटीस्थित ओम ज्योति सेभिङ एण्ड क्रेडिट को–अपरेटिभको १० औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
सो अवसरमा अध्यक्ष उमेश श्रेष्ठले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै जोरपाटीकै शिव शंकर सहकारी र ओम ज्योती मर्ज भइ एकीकृत कारोबार सुरु गरेको जानकारी दिए । २०६२ सालमा डिभिजन सहकारी कार्यालय काठमाडौंमा दर्ता भएको सहकारीमा हाल ३२२ जना सेयर सदस्य रहेका छन् ।
साथै संस्थाले नयाँ सञ्चालक समितिको चयन पनि गरेको छ । सुदीप सुवेदीको अध्यक्षतामा ९ सदस्यीय समिति चयन गरेको हो । उपाध्यक्षमा वालकृष्ण श्रेष्ठ, कोषाध्यक्षमा रिता अधिकारी र सचिवमा हरिकृष्ण थपलिया रहेका छन् । सदस्यहरुमा सान्नारायण महर्जन, ओमराज थापा, अनिता भण्डारी, कृष्णप्रसाद सिग्देल र श्याम वस्ताकोटी रहेका छन् ।
त्यस्तै लेखा समितिको संयोजकमा उद्धव पौडेल रहेका छन् भने सदस्यहरुमा मञ्जु सापकोटा र राजकुमार हुँमागाई रहेका छन् ।
प्रकाशित मिति: २०७३ पुस १०
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
