बचत संघ बाराको निर्वाचन तालिका सार्वजनिक

Voting Hand
बारा । बारा बचत तथा ऋण सहकारी संघको कार्तिक २५ गते सम्पन्न सातौ वार्षिक साधारणसभाबाट नेतृत्व चयन हुन नसकेपछि स्थगन गरिएको नेतृत्व चयनको काम आगामी पौष २३ गते हुने भएको छ ।
शुक्रबार डिभिजन सहकारी कार्यलय कलैया बारामा बसेको संघको निवार्चन समितिको बैठकले नेतृत्व चयनकालागी निर्वाचन कार्यक्रम सहित मिती र स्थान तय गरेको हो । निर्वाचन सम्बन्धि सम्पुर्ण काम डिभीजन सहकारी कार्यलय कलैयामा गरी मतदानको कार्य मनहर्वाको बडहर्वामा गर्ने निर्णय गरेको हो ।
कार्तिक २५ गते डुमवानामा सम्पन्न संघको सातौं वार्षिक साधारण सभामा उपस्थित १ सय १२ वटा बचत तथा ऋण सहकारी संस्थाका प्रतिनिधीहरुले निर्वाचनमा सहभागी हुन पाउने गरी निर्वाचन तालिका समेत सार्वजनिक गरेको छ । जस अनुरुप पौष ११ गते सदस्यहरुको नामावली प्रकाशन गर्ने, १४ गते मतदाता नामावली सच्याउने र अन्तीम नामावली प्रकाशन गर्ने काम हुनेछ ।
त्यसैगरी पौष १७ गते उमेदवारी दर्ता गर्ने, १८ गते उमेदवारहरुको नामावली प्रकाशन गरीने भएको छ । १९ गते दिनभर उमेदवारकाबीच सहमतीको प्रयास गरिनेछ । सोदिनमा सहमती हुन नसकेमा २० गते उमेद्वारीको अन्तीम नामावली प्रकाशन गरी २३ गते सबैलाई मतदानमा सहभागी गराईने भएको छ । र त्यसै दिन मत परिणमसँगै नेतृत्व घोषणा गर्ने निर्णय गरेको निर्वाचन समितिका अध्यक्ष अम्बीका प्रसाद चौलागाईले जानकारी दिए । अध्यक्ष, उपाध्यक्ष, सचिव, सहसचि, कोषाध्यक्ष र १२ सदस्य संचालक समिति मतदानबाट निर्वाचित हुनेछन् ।
बचत तथा ऋण सहकारी संघ बाराको निर्वाचनमा बर्तमान भोला गौतम र सचिव सत्येन्द्र ठाकुरबीच प्रतिशप्रर्धा हुने निश्चित भयपनी अन्य पदाधिकारीको टुङ्गो लाग्न सकेको छैन । उन्य पदहरुमा आकाक्षींहरु धेरै हुनसक्ने अनुमान गरिएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
