सहकारीलाई कर सहुलियत दिए अहिलेको भन्दा चार गुणा बढी संकलन हुन्छ : उप्रेती
सिमरा । राष्ट्रिय सहकारी बैंकका प्रवन्ध सञ्चालक केबी उप्रेतीले व्यवस्थापिका संसदमा विचाराधिन रहेको सहकारी ऐनलाई अभियानमैत्री बनाउन आग्रह गरेका छन् ।
बिहिबार सिमरास्थित सहकारी बैंकको सिमरा शाखा कार्यालय स्थानान्तरण विशेष कार्यक्रममा बोल्दै उप्रेतीले सहकारीलाई कर सहुलियत दिए अहिलेको भन्दा चार गुणा बढी संकलन गर्न सकिने बताए । उप्रेतीले सिमरास्थित नवनिर्मित हातेमालो बचत तथा ऋण सहकारी संस्थामा कार्यालय समेत उद्घाटन गरेका छन् । सहकारीहरु सामाजिक व्यवसायको रुपमा क्रियाशिल रहेको र समुदायको आर्थिक विकास र समृद्धिका लागि महत्वपूर्ण भूमिका खेलेको बताउँदै त्यसलाई निजी सरह व्यवहार राज्यले गर्ननहुने धारणा राखे ।
कार्यक्रममा बोल्दै नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) का नवनिर्वाचित सञ्चालक डा. कृष्ण पौडेलले सहकारी संघ/संस्थाहरुको प्रवद्र्धन र गुणात्मक विकासका लागि राज्य र सहकारी अभियानले मिलेर काम गर्न जरुरी रहेको बताए । पौडेलले सहकारीहरु सामाजिक व्यवसाय भएकोले समुदायमा उत्तरदायी भएर सेवाको भावनासहित काम गर्न जरुरी धारणा राखे ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
