२२ कात्तिक २०८३, आईतवार

सहकारीमा दोहोरो कर किन ?

२०७३ पुष ७, बिहिबार
सहकारीमा दोहोरो कर किन ?

राकेश कुमार शर्मा

tax-prep-choicesसरकारले सहकारीहरुमा दोहोरो कर छ । राज्यबाट सहकारीहरु अधिकत्तम करको मारमा परेका छन् । राज्यले सहकारीहरुलाई एकोहोरो कर प्रणाली लागु गर्ने र सहकारीहरुमा पाँच प्रतिशत मात्र कर लागु गर्नु पर्दछ । यसो गरेमा सहकारीले हर हिसाब चुस्त दुरुस्त र पारदर्शि राख्ने गर्दछन् । कर छल्न र ठग्न अनेकौं माध्यमहरु अपनाउँदैनन् । यस प्रकार राज्यलाई पनि अधिकत्तम राजश्व उठ्दछ र फाइदा हुन जान्छ ।

सहकारीहरुले सदस्यहरुलाई घाटा लाग्यो भनेर लाभांश दिएन भने राज्यले केही नभन्‍ने तर सहकारीहरुले १५ प्रतिशत भन्दा बढी लाभांश दिन नपाइने भनी सहकारीको ऐन, नियम र कानूनले मापदण्ड तोकेको छ । राज्यले सहकारीहरुका पदाधिकारीहरुलाई खुलेआम भ्रष्‍टचार गरुन भन्‍नको लागी ठाउँ राखेको जस्तो छ । राज्यको रबैया ठिक भएन ।

कतिपय सहकारीहरुले सहकारी घाटामा छ भनेर विभिन्‍न बहाना बनाई र भनाइहरुमा फुलबुट्टा गाँसी सदस्यहरुलाई बिल्कुलै लाभांश नदीराखेको अवस्था छ। सहकारीका कार्यसमितिका पदाधिकारीहरु चलखेल गरेर मोटाउने सदस्यहरुलाई हात लाग्यो शून्य । यसकारण राज्यले सहकारीहरुको सदस्यहरुलाई १५ प्रतिशत भन्दा कम लाभांश दिन नपाइने र सहकारीहरुको स्वइच्छाले १५ प्रतिशत भन्दा बढी लाभांश जति पनि दिन पाइने गरी ऐन, नियम, कानून र विधान बनाउनुपर्दछ । सहकारी भनेको सहकारीका सदस्यहरुको हित गर्न र सदस्यहरुको आय स्तर उकास्नलाई हो ।

अभिलेख

लोकप्रिय