२२ कात्तिक २०८३, आईतवार

कामदार सहकारी आन्दोलन !

२०७३ पुष ५, मङ्गलबार
कामदार सहकारी आन्दोलन !

wwcc-logo-maybe-finalकामदार सहकारी संस्थाहरू सन् १८३० को दशकमा फ्रान्सबाट खुल्न थाले

वास्तविक कामदारले स्वावलम्बी बनेर मर्यादित काम सुरक्षित रोजगारी र न्यायोचित पारिश्रमिक खोज्ने प्रयासमा सहकारिताको श्रमिक फाँट देखा परेको छ । कामदार सहकारी संस्थाहरू सन् १८३० को दशकमा फ्रान्सबाट खुल्न थाले ।

कामदार सहकारिताभित्र विशेष गरी सार्वजनिक निर्माण कार्यका लागि आवश्यक श्रम सेवा दिने संस्थाहरू, औद्योगिक उत्पादन गर्ने संस्थाहरू र हस्तकलाका वस्तु बनाउने संस्थाहरू देखिएका छन् । सहकारी ढाँचाको औद्योगिक उत्पादनलाई दोस्रो औद्योगिक क्रान्ति पनि भन्ने चलन छ । औद्योगिक क्रान्तिमा पुँजीले श्रमलाई अनुबन्धित गरेको थियो । त्यसलाई पहिलो मानेर श्रमले पुँजीलाई अनुबन्धित गरेको कामदार सहकारिताको लहरलाई दोस्रो औद्योगिक क्रान्ति भनिएको हो ।

खास गरी विकसित जगत्मा व्यवस्थापकीय त्रुटिका कारण टाट पल्टिन लागेका उद्योगहरू सम्बन्धित मजदुरहरूले जसोतसो किनेर राम्ररी सञ्चालन गरेका प्रशस्त उदाहरण छन् । सहकारी उद्योगहरूमा श्रमिक जागरण हुने, औद्योगिक शान्ति कायम रहने र आर्थिक मन्दीका बेला पनि सदस्यहरूले थोरै पैसामा काम गरेर सञ्चालन खर्च धान्न सक्ने भएकाले उत्थानशीलता त्यत्तिकै देखिएको छ ।

मध्योत्तर इटालीका ला लेगा संस्थाहरूले झन्डै ८०,००० सदस्यहरूलाई रोजगारी दिएका छन् भने पुगनपुग ४०,००० सदस्यहरू भएको स्पेनको बास्क क्षेत्रका मोर्डगोन सहकारी संस्थानले देशकै सर्वाधिक मेसिन पुर्जा निर्यातकर्ताको स्थान लिएको छ ।
मोर्डगोन सहकारी आन्दोलनका प्रणेता José María Arizmendiarrieta कै छोटो नाम राखेर अमेरिकामा सन् १९९६ यता खुलेका Arizmendi पाउरोटी खानसाहरू थोरै भए तापनि कहलिएका छन ।

सम्भावना हेरी कामदार सहकारिताको विकास हुन सकेको भने छैन । खास गरी विकासशील देशहरूमा औद्योगिक सहकारी गतिविधिहरूको न्यूनता खड्किएको छ । सार्वजनिक उद्योगहरूको निजीकरणका क्रममा सहकारी ढाँचा अवलम्बन गर्ने अवसर पनि गुमेजस्तै भयो ।

अभिलेख

लोकप्रिय