२२ कात्तिक २०८३, आईतवार

नेफ्स्कूनका नेतृत्वलाई स्वागत

२०७३ पुष ४, सोमबार
नेफ्स्कूनका नेतृत्वलाई स्वागत

bank

काठमाडौं । नेफ्स्कुनका नवनिर्वाचित सञ्चालक समितिका पदाधिकारी तथा सदस्यलाई राष्ट्रिय सहकारी बैंक लिमिटेडले वधाई तथा शुभकामना दिएको छ ।

कार्यक्रममा बोल्दै एशियाली ऋण महासंघका प्रथम उपाध्यक्ष ऋषिराज घिमिरेले लघु वित्तका नाममा विपन्न वर्गका जनताले चर्को ब्याज तिर्नु पर्ने अवस्थाको अन्त्यका लागि सहकारी क्षेत्रलाई परिचालन गर्नु पर्नेमा जोड दिए । सहकारी बैंक र नेफ्स्कुन लगायत अभियानका तर्फबाट गरिबी निवारणको रकम सहकारीलाई प्रदान गर्नका लागि राज्यलाई ध्यानाकर्षण गराउनु पर्ने उनले बताए ।

कार्यक्रममा नेफ्स्कुनका नवनिर्वाचित अध्यक्ष डि.बी. बस्नेतले गरिवी निवारणका लागि राज्य साच्चिकै जिम्मेवार हो भने सहकारी बैंकलाई गरिवी निवारणको रकम दिएर सहकारी मार्फत परिचालन गर्ने हिम्मत गर्नु पर्नेमा जोड दिए ।

राष्ट्रिय सहकारी बैंकका अध्यक्ष रमेश पोखरेलले देशभर सञ्चालन भएको, ९ हजार भन्दा बढी सदस्य भएको, ३७ वटा शाखामार्फत सेवा प्रदान गर्दै आएको सहकारी बैंकले गरिवी निवारणको अभियानमा थप काम गर्न सक्षम रहेको दावी गरे ।

बैंकका प्रवन्ध सञ्चालक के.बी. उप्रेतीले बैंकको अवस्था र आगामी रणनीतिका बारेमा जानकारी गराए ।

अभिलेख

लोकप्रिय