लोकप्रिय सहकारीको अध्यक्षमा पुनः चौलागाईं

बारा । लोकप्रिय बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पुनः अम्बिकाप्रसाद चौलागाईंलाई निर्वाचित भएका छन् । संस्थाको ७ औं साधारणसभाले संस्थापक अध्यक्ष समेत रहेका चौंलागाई चौथो कार्यकालका लागि अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् ।
सभाले उपाध्यक्षमा केदारप्रसाद गौतम, सचिवमा लिलानाथ बञ्जारा, कोषाध्यक्षमा अन्जु नेपाली तथा सदस्यहरुमा निर्मला कार्की, सावित्री भारती, विक्रम केसी, अर्जुन घिमिरे, प्रकाश सापकोटालाई सर्वसम्मत रुपमा चयन गरेको हो । त्यसैगरी लेखा समितिको संयोजकमा रुद्रप्रसाद धिताल तथा सदस्यहरुमा सानुवावु अधिकारी र पार्वती अधिकारीलाई सर्वसम्मत चयन गरेको हो ।
साधारणसभाको उद्घाटन बारा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष भोलाप्रसाद गौतमले गरेका थिए । साधारणसभामा संस्थाका अध्यक्ष अम्बिकाप्रसाद चौंलागाईवाट वार्षिक प्रगति प्रतिवेदन, लेखा समितिका सदस्य सानुवावु अधिकारीवाट लेखा समितिको प्रतिवेदन तथा कोषाध्यक्ष केदारप्रसाद गौतमबाट गत आर्थिक वर्ष २०७२/०७३ को आर्थिक प्रतिवेदन प्रस्तुत भएको थियो ।
संस्थाले गत आर्थिक वर्ष २०७२/०७३ मा कूल ८ करोड ९२ लाख ३६ हजार २ सय ४१ रुपैया ३७ पैसाको कारोवार गरी १ करोड १८ लाख ८ सय ६ रुपैयाँ १९ पैसा आम्दानी गर्दै ३१ लाख ५६ हजार ७ सय बयासी रुपैयाँ ४६ पैसा खुद नाफा आर्जन गर्न सफल भएको संस्थाका व्यबस्थापक रोशन तिमल्सिनाले जानकारी दिए ।
त्यसैगरी व्यबस्थापक तिमल्सिनाले संस्थाबाट आफ्ना सेयर सदस्यलाई निश्चित अनुदान सहित सोलार वितरण स्टेण्ड पंखा वितरण गरिनुको साथै उत्कृष्ट बचतकर्ता, ऋणी, विद्यार्थीलाई सम्मान गरिएको जानकारी दिए । सामाजिक उत्तरदायित्व अभियान अन्तर्गत गत आर्थिक बर्षमा महेन्द्र राजमार्गमा खानेपानी टंकी निर्माण गरिएको र यस बर्ष पनि नयाँ काम गर्ने योजना रहेको व्यवस्थापक तिमल्सिनाले सहकारीखबरलाई बताए ।
प्रकाशित मिति : २०७३ पुस ३
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
