२२ कात्तिक २०८३, आईतवार

नेफ्स्कून अपडेट : सहमतिमै नेतृत्व चयनको प्रयास जारी

२०७३ मंसिर ३०, बिहिबार
नेफ्स्कून अपडेट : सहमतिमै नेतृत्व चयनको प्रयास जारी

nef2

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कून) को आगामी नेतृत्व सहमतिमै चयन गर्ने विषयमा तीन प्रमुख राजनीतिक दल बीच समहतिको प्रयास जारी रहेको छ । पटक पटक वार्ता भएपनि निष्र्कषमा पुग्न भने सकेको छैन । पद बाँडफाँडमा कुरा नमिलेपछि निष्र्कषमा पुग्न नसकेको हो ।

एमालेले अध्यक्ष, उपाध्यक्ष, महिला उपाध्यक्ष, महासचिव, लेखा समिति संयोजक र ९ सञ्चालक आफुहरुले पाउनुपर्ने अडान राखेका छन् । कांग्रेसले महासचिव र ५ सञ्चाल पाउनेपर्ने अडान राखेको छ । त्यस्तै माओवादी केन्द्रले कोषाध्यक्ष र ३ सञ्चालक दिन लविङ गरेका छन् । राजनीतिक वार्ता टोलीमा एमाले सहकारी विभाग प्रमुख पशुपति चौलागाई, कांग्रेस सहकारी विभाग प्रमुखमा बालकृष्ण खाँड, माओवादी सहकारी विभाग प्रमुख रहेका छन् । वार्ता टोलीमा सहकारी अभियानमा मुख्य नेता समेत रहेका छन् ।

अध्यक्षमा वर्तमान् वरिष्ठ उपाध्यक्ष डिबि बस्नेत र महासचिव परितोष पौड्यालको चर्चा छ । महिला उपाध्यक्षमा सञ्चालक पार्वती खाँड र शान्ति अधिकारीको चर्चा रहेको छ । अध्यक्ष र महिला उपाध्यक्षमा दाबी गर्ने एमाले निकट भएका कारण कसलाई अघि बढाउने विषयमा विवाद देखिएको छ । वरिष्ठ उपाध्यक्षमा भने दाबी देखिएको छैन । त्यस्तै महासचिवमा एमालेको तर्फबाट केशव पोखरेल, कांग्रेसको तर्फबाट चन्द्रप्रसाद ढकालको चर्चा रहेको छ । लेखा समितिको संयोजकमा कृष्ण पौडेलको चर्चा र सम्भावना देखिएको छ । त्यस्तै वर्तमान सञ्चालक दामोदर अधिकारीको पनि पदाधिकारीमा चर्चा चलेको छ ।

त्यस्तै सञ्चालकहरुमा प्रदेश नं ३ बाट दिपक पनेरु चर्चा र सम्भावना देखिएको छ भने अर्का सञ्चालमा उद्धव सापकोटा देखिएका छन् । सञ्चालकहरुमा नयाँ अनुहार आउने सम्भावना बढेको छ । पद बाँडफाँड भएको खण्डामा आफ्नो दाबी भन्दा पार्टीको निर्देशन अनुसारको व्यक्ति आउने सम्भावना रहन्छ । यसो हुँदा दक्ष र अनुभवि व्यक्ति आउट हुने सम्भावना बढी रहेको छ ।

अभिलेख

लोकप्रिय