२२ कात्तिक २०८३, आईतवार

अन्ततः नेफ्स्कूनमा पनि राजनीतिक भागवण्डा

२०७३ मंसिर २९, बुधबार
अन्ततः नेफ्स्कूनमा पनि राजनीतिक भागवण्डा

nef2

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कून)मा पनि राष्ट्रिय सहकारी संघ जस्तै राजनीतिक भागवण्डाका आधारमा पद बाडफाँड गर्ने तयारी भएको छ ।

प्रमुख तीन राजनीतिक दल नेपाली कांग्रेस, नेकपा एमाले र माओबादी केन्द्र बीच भागवण्डाको आधारमा पद बाडफाँड गरिदैंछ । सहकारी क्षेत्रका अभियान्ताहरु आफ्ना पक्षमा सर्मथन जुटाउन शक्ति केन्द्र धाउने क्रम तिव्रताका साथ अगाडी बढेको छ ।

स्रोतका अनुसार अध्यक्षमा डिबि बस्नेत, उपाध्यक्षमा परितोष पौड्याल, महिला उपाध्यक्षमा पार्वती खाँड, महा–सचिवमा नानिबाबु बुढाथोकी, कोषाध्यक्षमा चन्द्रप्रसाद ढकाल बनाउने विषयमा भित्री छलफल भइरहेको छ । १२ एमाले, ६ कांग्रेस र ४ माओबादीले पद लिने बिषयमा छलफल भइरहेको र सहमती भने भैनसकेको स्रोतको दाबी छ ।

केही सहकारीकर्मीहरु भने चुनावनै हुनुपर्ने पक्षमा छन् । अग्रज सहकारीकर्मीहरुले आ–आफ्नो उम्मेद्वार बोकेर हिड्दा केही समस्या देखिएको छ । तीन राजनीतिक दल बीच सहमती गराएर चुनावी मैदानमा जाने तयारी रहेको बताईएको छ ।

प्रकाशित मिति : २०७३ मंसिर २९

अभिलेख

लोकप्रिय